News Portal

  • मध्यपुर थिमि नगर कार्यपालिकामा गठबन्धनका मात्र उम्मेदवार निर्वाचित

    भक्तपुरपोस्ट संवाददातामध्यपुर थिमि, १७ जेठ २०७९
    १३६७ पटक
    madhyapur thimiमध्यपुर थिमि, १७ जेठ २०७९

    मध्यपुर थिमि नगरपालिकामा नगर कार्यपालिकाको लागि भएको महिला सदस्य निर्वाचनमा सबै नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार रहेका उनीहरु सबै बहुमतका आधारमा निर्वाचित भएका हुन् ।

    निर्वाचित हुनेहरुमा गीता विश्वकर्मा, शर्मिला विश्वकर्मा, सरस्वती खड्का, उजाला थापा क्षेत्री र तुइलमाया चक्रधर रहेका छन् ।

    नगरपालिका निर्वाचित बहुमत सदस्य कांग्रेसका भएका कारण कार्यपालिकामा काँग्रेस उम्मेदवार निर्वाचित भएका हुन् । कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारहरुले १३ मत प्राप्त गर्दा काँग्रेस उम्मेद्वारहरु २८ मतसहित विजयी बन्न पुगेका निर्वाचन कार्यालयले जनाएको छ ।

    मध्यपुरमा कार्यपालिकामा दलित वा अल्पसंख्यक सदस्य तर्फ नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वालकृष्ण परियार, काँग्रेसका सरोज परियार र जसे सार्की निर्वाचित भएका छन् । मध्यपुर थिमिमा काँग्रेस र माओवादी केन्द्र गठबन्धन गरेर निर्वाचनमा सहभागी भएका थिए ।

    नगरसभाले आफूहरु मध्येबाट नगर कार्यपालिकाका लागि ५ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट  ३ जना सदस्यहरु निर्वाचित गर्ने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...