News Portal

  • किसान पेन्सन कार्यान्वयन गरेरै छाड्ने अर्थमन्त्री प्रभाकरको प्रतिवद्धता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ जेठ २०७९
    ६८३ पटक
    janardan sharmaभक्तपुर, १८ जेठ २०७९

    अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेट देशलाई आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा केन्द्रीत रहेको बताएका छन् । सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरेर बजेट सार्वजनिक गरेको जिकिर गर्दै उनले बजेट कार्यान्वयनमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।

    नेपाल आर्थिक संघ र बैंक तथा बित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बुधवार बोल्दै अर्थमन्त्री शर्माले विभिन्न विषयगत क्षेत्रका सरोकारवाला, टेलिफोनबाट दुरदराजका नागरिक र रौतहटका अल्पसंख्यक परिवारदेखी कर्णालीको जनजातीसम्मलाई प्रत्यक्ष सोधेर बजेट निर्माण गरेकाले सबैको अपनत्व रहने विश्वास व्यक्त गरे । ‘यो बजेट तपाईहरुको हो, म त केबल प्रतिनिधि मात्र हुँ’ उनले भने । आफ्नो क्षमताले भ्याएसम्म सबैको बिषयलाई सम्बोधन गर्नेगरी बजेट बनाएको बताउदै उनले यसलाई सबैले मिलेर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औल्याए ।’

    आम जनताले स्वामित्व लिन सक्ने गरी बजेट बनाएकाले कार्यान्वयन हुने र बजेटले लिएका उदेश्य हाँसिल हुने उनको भनाइ छ । ‘संसदमा अहिले यसबारेमा विभिन्न प्रश्न उठेका छन्, बहस भइरहेका छन् । यसले बजेट कार्यान्वयनमा सघाउ पुग्ने मेरो अपेक्षा छ’ उनले भने । उनले कृषिलाई उत्पादन, रोजगारी र निर्यातको क्षेत्र भएकाले प्राथमिकता दिएर बजेटमा समावेश गरेको जानकारी दिए ।

    कृषिमा संरचनागत सुधारको पहल लिएको र ढुवानीका लागि कृषि एम्बलेन्स तथा बजारका लागि संकलन केन्द्रको बिषय राखिएको, किसानलाइ उत्साहित गर्न, परिचय पत्र बितरण गर्न र कृषि पेशाप्रति आकर्षण बढाउन किसान पेन्सनको योजना अघि सारेको र यसलाई कार्यान्वयन गरेरै छाड्ने उनको प्रतिवद्धता रहेको छ । शिक्षामा बजेट बढाइएको र १२ कक्षा पास गरेका विद्यार्थी कुनै न कुनै सीपसमेत सिकेर श्रम बजारमा आउने उनको दाबी छ ।

    आयात प्रतिस्थापन
    मुलुकमा कृषि बस्तुको ठूलो उत्पादन संभावना भएकाले प्रमुख खाद्य बाली, तरकारी र फुलफुलको ३० प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य राखिएको अर्थमन्त्री शर्माले बताए । ‘हामीसँग जे छ, त्यसकै अधिकतम उत्पादन गर्ने र आत्मनिर्भर भई निर्यात गर्ने लक्ष्य राखिएको छ । त्यसैले यो असंभव भन्ने छैन’ उनले भने ,‘हामीले दोब्बर निर्यात गर्ने भनेका छौं । बजेटको सही कार्यान्वयनबाट उत्पादन वृद्धि गर्ने हो भने मैले त संभव देखेको छु ।’
    जुन सुपारी आयात ग¥यो, त्यहीं सुपारी निर्यात गर्ने बिषय अब इतिहास हुने उनको भनाई थियो । मुलुक भित्रै उत्पादन भएको बस्तु तथा सेवा निर्यातका लागि बजेटले अधिकमत स्थान दिएको उनले जानकारी गराए ।
    पुँजीबजार सुधारको लक्ष्य
    अर्थमन्त्री शर्माले पँुजीबजार सुधारका लागि निक्कै महत्वपूर्ण बिषय बजेटमा समावेश गरेको जिकिर गरे । बजेटको बुँदा नम्बर ३३२ पढ्न र पुँजीबजारका बिषयमा धारणा बनाउन उनको आग्रह छ । बजेट बक्तव्यको बुँदा नम्बर ३३२ मा ‘एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिनेछ’ भनि उल्लेख छ ।
    यस्तो व्यवस्था पुँजीबजारका लागि महत्वपूर्ण भएको उनको भनाई थियो । ‘यस्तो व्यवस्थाले पुँजीबजार र प्रतिस्पर्धा बढ्ने कुरा गरेको छ । गैरआवासिय नेपालीलाई सेयर बजारमा लगानीको बातावरण बनाउने र बैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निष्काशनमा १० प्रतिशत सेयर हिस्सा छुट्याइदिने कुराले सकारात्मक सन्देश दिने मेरो विश्वास छ’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...