News Portal

  • पत्रकार महासंघको भवन निर्माणमा सहयोग गर्ने भक्तपुरका नगर प्रमुखहरुको प्रतिवद्धता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ जेठ २०७९
    १०९८ पटक
    भक्तपुर, २१ जेठ २०७९

    भक्तपुरका नवनिर्वाचित नगर प्रमुखहरुले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । स्थानीय सरकार पत्रकारमैत्री भएको जिकिर गर्दै उनीहरुले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको जिल्ला शाखालाई आफ्नै भवन बनाउन सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका हुन् ।

    शनिवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको आयोजनामा सम्पन्न नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखमा बधाई, शुभकामना र साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ त्यसैगरी मध्यपुर थिमिका उपप्रमुख विजय कृष्ण श्रेष्ठ र सूर्यविनायककी उपप्रमुख सरिता तिम्सिना भट्टराइले भक्तपुरमा पत्रकारिताको बिकासको लागि महासंघ संग सहकार्य गर्ने बताउदै महासंघको आफ्नै भवन बनाउने अभियानमा आफूहरुले सक्दो सहयोग गर्ने बचन दिएका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै सूर्यविनायकका नगर प्रमुख बासुदेव थापाले आफ्नै नगरपालिकामा बन्ने महासंघको भवन निर्माणमा पैसाको कमी हुन नदिने बताए । ”भवन निर्माणमा बजेट दिन कुनै कन्जुस्याई हुँदैन, भक्तपुर नगरको भन्न सक्दिन अरु तीनैवटा नगरपालिकाले अवश्य सहयोग गर्छ ।” उनले भने । प्रमुख थापाले जनप्रतिनिधि बिग्रन लागे पत्रकारले खबरदारी गर्नुपर्ने बताउदै पत्रकारहरुले राजनीतिक आस्थाको आधारमा नभई निष्पक्ष पत्रकारिता मार्फत जनतालाई सूसुचित गर्नुपर्नेमा जोड दिए । उनले जिल्लाका पत्रकारहरुले नराम्रो गरेको नसुनेको र जिल्लामा पत्रकारहरुप्रति गुनासो गर्नुपर्ने ठाउँ नरहेको भन्दै प्रशंसा समेत गरे । आफू पार्टीबाट निर्वाचित भएपनि नगर प्रमुखको रुपमा सबैको साझा प्रतिनिधिको रुपमा निष्पक्ष कार्यसम्पादन गर्ने समेत उनले प्रतिवद्धता प्रकट गरे ।

    कार्यक्रममा चाँगुनारायणका प्रमुख जीवन खत्रीले वर्तामान युग सूचना र संचारको युग भएको भन्दै जनतालाई सूसुचित गरी समाज, नगर र राष्ट्रलाई समृद्ध बनाउन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनले पत्रकारले सूचना प्रवाह गर्दा संवेदनशील भएर सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए ।

    त्यसैगरी मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पनि महासंघसंग साझेदारी कार्यक्रम मार्फत संचार क्षेत्रको विकास गर्ने बताए । उनले नगरपालिकामा पुरानो नेतृत्वको सवल पक्षलाई निरन्तरता दिने र कमजोर पक्षलाई सुधार गर्ने बताउदै समृद्ध मध्यपुरको योजना प्रस्तुत गरेका थिए ।

    त्यसैगरी मध्यपुर थिमिका उपप्रमुख विजय कृष्ण श्रेष्ठले सूचना पाउनु जनताको अधिकार भएको र सूचना दिनु पत्रकारको दायित्व भएको उल्लेख गरे भने सूर्यविनायककी उपप्रमुख सरिता तिम्सिना भट्टराईले नगरपालिका समाचार जनतामा पुर्याउन पत्रकारको भूमिका माथि प्रकाश पारिन ।

    उक्त अवसरमा प्रमुख अतिथि रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले कस्तो सूचना समाचार होइन र कस्ता सूचना बाहक पत्रकार होइनन भन्ने भेउ नपाउँदा सिंगो पत्रकारिता क्षेत्र बद्नाम बनिरहेको बताउदै यसबारे जनचेतना जगाउनुपर्नेमा जोड दिए । उनले स्थानीय सरकारलाई स्थानीय संचार कानुन बनाउन महासंघले सहयोग गर्ने भन्दै प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको संकुचन हुने गरी कुनै कानुन नबनाउन आग्रह समेत गरेका थिए ।

    कार्यक्रममा महासंघका पूर्व जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सचिव नारायण सुन्दर किलम्बुले भक्तपुरको पत्रकारिता र महासंघको अवस्थाबारे प्रकाश पारेका थिए भने उपत्यका प्रदेश अध्यक्ष श्रीजन झाले पत्रकार महासंघ पत्रकारहरुको साझा छाता संगठन भएकोले यसलाई विभेदको आखाँले नहेर्न आग्रह गर्दै भक्तपुर नगरपालिकाले महासंघको अस्तित्व अस्वीकार गरेकोप्रति आलोचना गरे ।

    भक्तपुर शाखाका कार्यवाहक अध्यक्ष सुन्दर सिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव संजीप घिमिरे शुभचिन्तकले गरेका थिए भने उपाध्यक्ष लिला श्रेष्ठले शुभकामना मन्तब्य राखेकी थिइन् । उक्त अवसरमा शाखाका सस्थापक अध्यक्ष रमेश खड्का, सल्लाहकारहरु अमर भुजु, पुष्करराज बुढाथोकी, रमेश गिरी प्रदेश सदस्य रत्न कृष्ण श्रेष्ठ, वरिस्ठ पत्रकार केदार कोइराला लगायतको आतिथ्यता रहेको थियो । उक्त अवसरमा भक्तपुर शाखाले स्थानीय सरकार सूचना मैत्री हुने अपेक्षा सहित जनअपेक्षा अनुरुप प्रमुख तथा उपप्रमुखहरुको कार्यकाल सफल रहोस भन्ने शुभकामना व्यक्त गर्दै बधाई पत्र प्रदान गरेको थियो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख र उपप्रमुखको भने उपस्थिति रहेको थिएन ।

    basudev thapa

    तस्विर : आषिस पौडेल

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...