News Portal

  • चाँगुनारायणमा सार्वजनिक यातायातलाई सहज र नियमित पार्न प्रयास

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ जेठ २०७९
    ९८९ पटक
    भक्तपुर, २२ जेठ २०७९

    सार्वजनिक यातायातको समस्या बेहोरिरहेका चाँगुनारायण नगरबासीलाई सार्वजनिक यातायातमा सहज पहुँच पुर्याउन नगरपालिकाले प्रयास थालेको छ । नगर प्रमुख जीवन खत्रीले हरेक वडामा सार्वजनिक यातायातको भरपर्दो सेवा पुर्याउने प्रयास थालेका हुन् ।

    राजधानीबाट नजिक भएपनि यातायात सेवामा पिछडिएको चाँगुनारायणका हरेक क्षेत्रमा सार्वजनिक यातायात पहुँच विस्तारका लागि नगर प्रमुख खत्रीले योजना बनाइरहेका छन् । यातायात व्यवसायी समेत रहेका प्रमुख खत्रीले ख्वप भक्तपुर मिनिवस यातायात समितिका पदाधिकारीहरुसँग भेट गरी सार्वजनिक यातायातको पहुँच बिस्तार गर्न सुझाव दिए। उक्त समितिको कार्यालय पुगी प्रमुख खत्रीले नियमित र भरपर्दो सेवा संचालन गर्ने बारे छलफल गरेका उनको सचिवालयले जनाएको छ ।

    नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिका भएपनि अधिकाँश स्थान गाउँ नै रहेकाले यातायातको सेवा पुग्न नसक्दा स्थानीयलाई समस्या भैरहेको भनेका छन् । ”विद्यार्थीले समयमा कक्षा भ्याउन हम्मे हम्मे पर्ने मात्र नभई यातायातको सुविधा नहुँदा आफ्नो बारीमा उत्पादन भएका विभिन्न तरकारी एवं बाली बजार सम्म लैजान समेत समस्या छ ।” उनले भने ।

    आफू सार्वजनिक यातायातको समस्या निराकरणका लागि नगरका हरेक वडामा यातायात सेवा पुर्याउन लागि परेको उनले प्रष्ट पारे ।

    चाँगुनारायणमा हाल उत्तर पूर्वी यातायात, मिनिवस सेवा समिति र १ नम्वर रुटका सार्वजनिक यातायात चल्दै आएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ र ५ मा हाल सम्म नियमित रुपमा सार्वजनिक यातायात संचालनमा आउँन सकेका छैनन भने नगरकोट तथा ताथली बाहेकका बस सेवा भरपर्दो र नियमित हुन सकेका देखिदैनन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...