News Portal

  • नेता ढकालद्वारा ताथलीमा खानेपानी आयोजना तथा पहिरो नियन्त्रणको अनुगमन

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २३ जेठ २०७९
    १३३४ पटक
    dp dhakalभक्तपुर, २३ जेठ २०७९

    चाँगुनारायण नगरका स्थानीयबासी समेत रहेका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले चाँगुनारायण ९ ताथलीस्थित विकास निर्माणको अनुगमन गरेका छन् । पार्टीको पहलमा बजेट पारिएको ताथलीस्थित खानेपानी आयोजना र पहिरो नियन्त्रणको उनले अनुगमन गरेका हुन् ।

    सोमबार स्थलगत अवलोकनका लागि पुगेका नेता ढकाललाई स्थानीय नेताहरु रामलाल न्हेम्हफुकी, हरेराम खड्का लगायतले निर्माण अवस्थाबारे जानकारी गराएका स्थानीय नेता दिलकुमार बालाले बताए । बालाले बताए अनुसार पार्टीको पहलमा बजेट पारिएको चाँगुनारायण नगरपालिका -९ ताथलीस्थित सौडोलमा करिब ७ करोड लागतको खानेपानी बोरिङ ,सङकलन तथा बितरण आयोजना निर्माणको क्रममा छ । खानेपानी बोरिङ्गको काम यसै आर्थिक वर्षमा सम्पन्न गरिएको छ । सम्पन्न कामको अवलोकन गर्दै नेता ढकालले थप कामका लागि बजेट व्यवस्था हुने बताएका छन् । नेता ढकालले सो आयोजना बाट सौडोलका करिब २ सय घरपरिवारको खानेपानी समस्या समाधान हुने भएकोले आफूहरुले प्राथमिकतापूर्वक अघि बढाएको बताए ।

    त्यसैगरी ताथलीमै पहिरो नियन्त्रणको लागि ३ ठाउँमा गरी ७५ लाख बढी बजेटको काम निरीक्षण गर्दै नेता ढकालले गत बर्षामा पहिरो जोखिममा पर्दा त्रिपाल बोकेर पुगेको स्थानमा यो वर्ष पहिरो रोकथामको स्थायी संरचना बनेको पाउँदा सन्तोष व्यक्त गरेका छन् । ”गत वर्ष जादाँ स्थायी समाधान गर्ने बाचा गरिएको थियो । आज त्यो वचन पूरा भएको हेर्दा खुशी लागेको छ ।” अवलोकन पछि उनले भने । पार्टीको पहलमा ताथलीको नयाँ बस्तीमा विद्युतीकरणको काम समेत सम्पन्न गरिएको प्रति उनले सन्तोष व्यक्त गरे ।

    मतादेश जे भए पनि बिकास निर्माण कार्य र जनताको समस्या समाधानमा माओवादी केन्द्र निरन्तर लागिरहने नेता ढकालको भनाइ छ । उनले संसदीय राजनीतिमा अनेक कारण जनमत प्रभावित हुने हुँदा यसैको आधारमा आफूहरु निरास नहुने र जनसेवामा निरन्तर लागिरहने प्रतिक्रिया दिएका छन् । नेता ढकालसंग वाइसिएल जिल्ला सचिव सरराज उप्रेती, वाइसिएल नगर अध्यक्ष लक्ष्मण दुलाल लगायत सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...