News Portal

  • भक्तपुर नगरपालिकाले नर्सिङ्ग पनि पढाउने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ जेठ २०७९
    ३३६४ पटक
    nemakipa narayanmanभक्तपुर, २४ जेठ २०७९

    इञ्जिनियरिङ्ग कलेज संचालन गरिरहेको भक्तपुर नगरपालिकाले नर्सिङ्ग शिक्षालय समेत संचालन गर्ने भएको छ । नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले नर्सिङ्ग पढाउन लागेको खुलासा गरेका हुन् ।

    नगरपालिका अस्पताललाई १ सय शैयाको अस्पतालमा बिस्तार गर्न अनुमति प्राप्त भएसंगै नर्सिङ्ग पढाउन बाटो खुलेको उनले बताए । नगरपालिका अस्पतालको रुपमा रहेको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले मंगलबार १ सय शैया संचालनको अनुमति प्रदान गरेको हो ।

    उक्त अनुमति पत्र प्राप्त गरेपछि अस्पताल संचालक समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख सुनिल प्रजापति उत्साहित देखिएका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले १ सय शैयाको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र पीसीएल नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको उल्लेख गर्दै उनले ख्वप अस्पताललाई १ सय शैया सञ्चालन गर्न अनुमति प्राप्त भएसंगै नगरपालिकाले नर्सिङ शिक्षा सञ्चालन गर्ने बाटो खुलेको बताए ।

    अस्पतालमा शैया बिस्तारको अनुमतिले नगरपालिकालाई एकातर्फ अधिकत्तम जनतालाई स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने भएको छ भने अर्कोतर्फ विद्यार्थीलाई नर्सिङ्ग शिक्षा दिएर धेरै नर्सहरु उत्पादन गर्ने अवसर प्राप्त भएको बताइएको छ । भक्तपुर नगरपालिकाले स्वास्थ्य सेवा अन्तर्गत घरदैलो नर्सिङ सेवा संचालन गर्दै आएको छ । अब नर्सिङ्ग शिक्षामार्फत घरघरमा नर्स उत्पादन गरिने र यसले जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गरिएको छ ।

    बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुगमनकर्ताहरुले गत माघमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेका थिए । वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले नगर अस्पतालको अनुगमन सम्पन्न गरी शिक्षा, स्वास्थ्य तथा विकासका गतिविधिहरूमा अन्य स्थानीय तहले भक्तपुरबाट सिक्नुपर्ने समेत बताएका थिए । १ सय शैया संचालनको अनुमति प्राप्त गरेपछि अस्पताल परिवार दंग देखिएको छ ।

    नगरपालिका द्वारा संचालित ख्वप: अस्पतालले बिरामीहरूलाई २४ सै घण्टा इमर्जेन्सी सेवा, ल्याब, एक्स रे र फार्मेसी सेवा, स्त्री रोग, जनरल सर्जरी, बाल रोग, हाडजोर्नीलगायतका सेवाहरू नियमित सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवालाई सुलभ र सरल बनाइ जनताको पहुँचमा पुर्याउन अस्पताल क्रियाशील रहेको छ ।

    अपडेट : नगरपालिकाले ख्वप बहुप्राविधिक अध्ययन सस्थानमा हरेक वर्ष ४० जनालाई नर्सिङ्ग पढाउन पाउने अनुमति पाएको भएपनि आफ्नै १ सय शैयाको अस्पताल हुनुपर्ने प्रावधानका कारण गत वर्ष विद्यार्थी भर्ना लिन पाएको थिएन । अध्ययन सस्थानका प्राचार्य डा रत्नसुन्दर लासिवाले जनाए अनुसार आफ्नै १ सय शैयाको अस्पताल भए संगै यो वर्ष विद्यार्थी भर्ना गरी नर्सिङ्ग पढाईलाई पुन: निरन्तरता दिइने तयारी गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...