News Portal

  • भक्तपुरका १९ खुला ठाउँको संरक्षण गर्ने र थप खोज्ने निर्णय

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ जेठ २०७९
    ३७८७ पटक
    भक्तपुर, २६ जेठ २०७९

    मन्त्री परिषदले खुला क्षेत्र घोषणा गरेको भक्तपुरका १९ स्थलहरुको संरक्षण गर्ने र अस्थायी टहराहरु हटाउने निर्णय गरिएको छ । ती क्षेत्रमा सरकारी संरचना समेत गृह मन्त्रालयको स्वीकृती बेगर नबनाउने निर्णय गरिएको हो ।

    सिडिओ एवं विपद व्यवस्थापन समितिकी अध्यक्ष रुद्रादेवी शर्माको अध्यक्षता तथा चारै नगरका प्रमुख, उपप्रमुख,जिल्लाका सुरक्षा निकायका प्रमुखहरु लगायत समितिका सदस्यहरुको उपस्थितिमा बुधवार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको एक सहभागीले बताएका हुन् । बैठकले अन्य सार्वजनिक ठाउँहरुको समेत पहिचान गरी विपद व्यवस्थापनको लागि प्रयोग गर्नसक्ने गरी संरक्षण गर्ने समेत निर्णय गरेको बताइएको छ ।

    त्यसैगरी वर्षाको समयमा सम्भावित बाढी र पहिरोको जोखिम बाट बच्न पूर्वतयारी गर्नुपर्नेमा समेत बैठकले जोड दिएको छ । तत्काल उद्धारका लागि आवश्यक पर्ने साबेल, डोरी,उत्रने ज्याकेट लगायत अत्यावश्यक सामाग्री प्रत्येक नगरपालिकाले खरिद गरी उद्धारकर्ताको पहुँच हुनेगरी राख्ने व्यवस्थामा जोड दिइएको छ । त्यति मात्र होइन, जिल्लामा डुबान क्षेत्रहरु भएका कारण उद्धारका लागि रबरका डुंगाहरु खरिद गर्न समेत नगरपालिकाहरूलाई आग्रह गर्ने निर्णय गरिएको छ ।

    बैठकले विपद व्यवस्थापन संग सम्बन्धित एक दर्जन निर्णय गरेको छ । यद्यपी सहायक सिडिओ माधवप्रसाद शर्माले ती निर्णय अन्तिम नभएका र अझै धेरै विषय र बुँदा घटबढ हुनसक्ने जनाएका छन् ।

    बैठकमा चारै नगरका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले विपदका बेला उद्धारका लागि आवस्यक सामाग्री तयारी अवस्थामा राखेको र तालिम प्राप्त जनशक्ति उत्पादन गरेको जानकारी गराए । त्यसैगरी सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले आफ्नो संयोजकत्वमा नगर विपद व्यवस्थापन समिति बनाइएको र विपद व्यवस्थापनमा आवश्यक तयारी गरिएको बताए ।

    बैठकमा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आफ्नो नगरमा डुबानको समस्या रहेको र हनुमन्ते खोलाको बहाव रोक्ने माटोका ढिस्काहरु हटाउनुपर्ने आवस्यकता औल्याए । त्यसैगरी चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले चाँगुमा पहिरोको जोखिम रहेको र अव्यवस्थित प्लटिङ्गले अझ बढी जोखिम बढाएको बताउदै यसको दीर्घकालीन समाधानका लागि नीति र योजना बनाउने जानकारी दिए ।

    चार वटै नगर पालिकाका प्रमुखहरुले आ आफ्ना नगरपालिकामा विपद ब्यवस्थापन पूर्व तयारी बारेमा जानकारी दिएका थिए । उनीहरुले अव्यवस्थित प्लटिङ्ग, नदिजन्य बस्तु उत्खनन र जग्गा सम्याउने नाममा खानी सञ्चालन गरि नजिकै रहेको सम्पदा र बस्तीहरु समेत जोखिममा पारिएकोले आवश्यक कार्वाही गर्नुपर्ने कुरा उठाएका थिए । उक्त अवसरमा सिडिओ शर्माले विपद ब्यवस्थापनको सम्बन्धमा तयार पारेको सामाग्री प्रस्तुतिकरण गरेकी थिइन । बैठकमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि,  सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, पत्रकार लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...