News Portal

  • चाँगुनारायणका उपप्रमुख बुढाथोकीले लिएनन् सवारी सुविधा, जीप नगर अस्पताललाई हस्तान्तरण

    भक्तपुरपोस्ट संवाददाताचाँगुनारायण, २७ जेठ २०७९
    १०५२ पटक
    चाँगुनारायण, २७ जेठ २०७९

    चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरपालिकाबाट प्राप्त गाडी सुविधा चाँगुनारायण अस्पताललाई  प्रदान गरेका छन् । अफ्नो चुनावी घोषणा पालना गर्दै नव निर्वाचित उपप्रमुख बुढाथोकीले नगरपालिकाबाट प्राप्त गाडी नगर अस्पताललाई प्रदान गरेका हुन् ।

    बुढाथोकीले नगरपालिकाको उप प्रमुखको हैसियतमा प्राप्त बा२झ १६२३ नम्बरको जीप शुक्रवार एक कार्यक्रमका बीच चाँगुनारायण नगर अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गरेका छन्  ।  नगरका जेष्ठ नागरिक, अपाङ्गता भएका र असक्त बिरामी त्यसैगरी दिर्घ रोगीहरुका लागि घरदैलो चिकित्सकिय सेवा प्रदान गर्ने हेतुले अस्पताललाई जीप  हस्तान्तरण गरिएको उनले बताए ।

    उपप्रमुख  बुढाथोकीको आफ्नै निजी गाडी छ । त्यसैलाई उनले कामकाजका लागि प्रयोग गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...