News Portal

  • अमेरिकासँग एसपीपी सम्झौता नहुने प्रचण्डको दाबी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ असार २०७९
    १७४७ पटक
    prachandaभक्तपुर, २ असार २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नहुने बताएका छन् ।

    पार्टी कार्यालय पेरिसडाँडामा रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले अहिले एसपीपी सैनिक सम्झौता हुन लागेको भनेर राष्ट्रवादको झुटो प्रचार गरिएको बताए । उनले त्यस्तो कुनै सम्झौता नभएको र नहुने पनि स्पष्ट पारेका छन् । एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम बरु सन् २०१९ मै केपी शर्मा ओलीकै सरकारको पालामा भएको तथ्यहरू बाहिर आएको प्रचण्डको भनाइ छ ।

    उनले नेपालको राष्ट्रिय स्वाधीनता र नेपालको विकास र समृद्धिका पक्षमा द्धृढताका साथ उभिने भन्दै सत्ता गठबन्धन यस्तो कुराको पछि नलाग्ने दाबी
    समेत गरे।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...