शिक्षक सेवा आयोगले प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत चैत २१ गते आयोगलेपरीक्षा लिएको थियो ।
लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि हुने आयोगले जनाएको छ ।परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले असार ९ गतेसम्म आयोगको कार्यालयमा तोकिएको दस्तुर तिरेर निवेदन दिन सक्ने आयोगले जनाएको छ ।
निमावि तहका शिक्षकको अन्तर्वार्ता असार ११ गते र मावि तहका शिक्षकको अन्तर्वार्ता असार २१ गते तोकिएको छ ।