News Portal

  • विनियोजन विधेयक माथिको प्रस्तावमा एमालेको विरोध

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३ असार २०७९
    ४७५ पटक
    भक्तपुर, ३ असार २०७९

    विनियोजन विधेयक माथिको प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरुले विरोध जनाएका छन् ।

    एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । करिब आधा घण्टा पछि सुरु भएको दोस्रो बैठकमा मन्त्री शर्माले विनियोजन विधेयक संसदमा पेश गर्ने क्रममा एमाले सांसदहरुले विरोध कायमै राखेका हुन् ।

    प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकमा भाग लिनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आग्रह गरेका थिए तर विनियोजन विधेयक माथिको छलफलमा भाग लिनका लागि कुनै पनि सांसदले नाम दिएनन् ।

    विनियोजन विधेयक माथिको विभिन्न शीर्षकमा छलफलका लागि असार ६,७ र ८ गते तोकिएको छ । सम्बन्धित मन्त्रीले जवाफका लागि असार ९ र १० गतेको कार्यसूचि बनाइएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...