News Portal

  • एसपीपीबारे जवाफ दिन प्रधानमन्त्री देउवालाई निर्देशन

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३ असार २०७९
    ७१७ पटक
    भक्तपुर, ३ असार २०७९

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे भएको गतिविधिबारे समितिले प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ मागेको हो ।

    यसै समितिले सरकारसँग एसपीपीसम्बन्धित सबै कागज पत्र माग गरेको छ । समितिले आज बिहान बैठक राखेर सरकार र सेनासँग छलफल गरेको थियो । बैठकमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री डा नारायण खड्का, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मालगायतसँग एसपीपीबारे छलफल गरिएको थियो ।

    आज बिहान भएको छलफलपछि समितिले यससँग सम्बन्धित सम्पूर्ण कागज पत्र उपलब्ध गराउन सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देशन गरेको हो ।

    समितिले प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका प्रश्नहरूको जवाफ दिन आगामी बैठकमा बोलाएको छ । अर्को बैठक आगामी आइतबार बस्ने भएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...