News Portal

  • बजेट निर्माणमा सुझाव संकलन गर्दै सूर्यविनायक नगरपालिका

    पूजा बस्नेत/ भक्तपुरपोष्टसूर्यविनायक, ३ असार २०७९
    ७४२ पटक
    सूर्यविनायक, ३ असार २०७९

    सूर्यविनायक नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटबारे सुझाव संकलनलाई तिब्रता दिएको छ । नगरपालिकाले सरोकारवालासंग सुझाव संकलन गरेको हो ।

    शुक्रवार जिल्ला र नगर क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशील संचारकर्मीसंग सुझाव लिने क्रममा नगर प्रमुख बासुदेव थापाले सबै सरोकारवाला सस्था, समूह, संगठन लगायतसंग सुझाव लिने कार्य भैरहेको जानकारी गराएका हुन् । शिक्षक, स्वास्थ्यकर्मी, प्याब्सन, कृषक लगायतको प्रतिनिधित्व हुनेगरी सुझाव लिईसकिएको उनको भनाइ छ ।

    आगामी आर्थिक वर्ष २०७९/८० का लागि कस्तो नीति लिने र कस्ता कार्यक्रमलाई प्राथमिकता दिने भन्ने विषयमा केन्द्रीत रहेर सुझाव संकलनको कार्य गरिरहेको नगर प्रमुख बासुदेव थापाले बताएका छन् । सर्वसाधारणले समेत यसबारे नगरपालिकामा प्रत्यक्ष आएर वा, इमेलईन्टरनेट र टेलिफोन लगायतका माध्यमबाट सुझाव दिन सक्ने बताइएको छ। नगर प्रमुख थापाले सबैलाई समेटेर उत्कृष्ट नीति तथा कार्यक्रम ल्याउने उद्घोष समेत गरेका छन् । उक्त अवसरमा नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, प्रमुख प्रशासकीय अधिकृत लगायतले नगरपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेटबारे गरिरहेका कार्यबारे जानकारी गराएका थिए ।

    सूर्यविनायक नगरपालिकाले असार ९ र १० गते ११ औं नगर सभा मार्फत यसलाई सार्वजनिक गर्ने कार्यतालिका रहेको जानकारी गराइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...