News Portal

  • भक्तपुरका बाला बने राष्ट्रिय युवा प्रतिभा तथा उद्यमी संजालको केन्द्रीय सचिव

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, ३ असार २०७९
    १६३५ पटक
    भक्तपुर, ३ असार २०७९

    भक्तपुरका युवा समाजसेवी एवं उद्यमी दिल कुमार बाला राष्ट्रिय युवा प्रतिभा तथा उद्यमी संजालको केन्द्रीय सचिव निर्वाचित भएका छन् । चाँगुनारायण-९ ताथली निवासी  युवा नेता दिलकुमार बाला शुक्रबार सो पदमा निर्वाचित भएका हुन् ।

    नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठन गरिएको युवा प्रतिभा तथा उद्यमी संजाल पुनर्गठन गर्दा बाला सचिव निर्वाचित भएका बताइएको छ ।

    संजालको अध्यक्षमा लोचन बस्नेत उपाध्यक्षमा खुल्ला तर्फ राजन गौतम, समावेशी तर्फ उपाध्यक्षमा सुलोचना श्रेष्ठ र सचिवमा दिलकुमार बाला गरी २५ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको युवा परिषदले पुष्टि गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई परिषद अध्यक्ष सुरेन्द्र बस्नेत लगायत पदाधिकारी एवम् कार्यालय प्रमुख रमाकान्त शर्मा लगायतले आवश्यक मार्गनिर्देशन दिएका थिए ।

    राष्ट्रिय युवा परिषद अन्तर्गत रहेको उक्त संजालको प्रदेश, जिल्ला र पालिका तह सम्म बिस्तारित संगठन संरचना रहेको छ । युवा प्रतिभाको पहिचान र विकास गर्ने तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उक्त संजाललाई युवा परिषदले महत्वका साथ बिबिध कार्यक्रमको जिम्मा दिने गर्दछ  ।                                                                                                                 संजालको केन्द्रीय सचिव भए संगै युवा उद्यमी बालाले युवाहरुको समग्र हितलाई केन्द्रमा राखी क्रियाशील रहने प्रतिक्रिया दिएका छन् । युवा परिषदले लिएको लक्ष अनुरुप कार्यसम्पादन गर्ने उनको भनाइ रहेको छ ।                                                                                                       विभिन्न सामाजिक संघसस्थामा रहेर समाजसेवामा सक्रिय बाला साहित्यमा समेत रुचि राख्दछ्न । नेकपा (माओवादी केन्द्र) का युवा नेता बाला इभेन्ट म्यानेजमेन्ट, क्याटरिङ र होटेल ब्यवसायमा आवद्ध रहेका छन् । चाँगुनारायण उद्योग बाणिज्य संघको कार्यसमितिमा समेत रही उनले  नेतृत्व गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...