News Portal

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित एक यात्रु पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ४ असार २०७९
    २९५ पटक
    भक्तपुर, ४ असार २०७९

    रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित एक यात्रु पक्राउ परेका छन्।

    जजिरा एयरलाइन्सको जहाजमा कतारबाट कुवेत हुँदै भैरहवा आइपुगेका पाल्पाको रिब्दीकोटका राजेन्द्र कुँवरलाई एक सय २२ ग्राम सुनका गहनासहित प्रहरीले पक्राउ गरेको हो। कुँवरले लगाएको मोजामा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गहना बरामद भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त भन्सार अधिकृत तीर्थराज पासवानले जानकारी दिए।

    कुँवरको साथबाट तीनवटा सिक्री र एउटा ब्रास्लेट बरामद गरिएको हो। बरामद भएका उक्त गहनाको अन्दाजी मूल्य ९ लाख ९० हजार रुपैयाँ हुने विमानस्थल भन्सारले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता...

    ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ...

     नेपालमा सुनको नयाँ किर्तिमान

    नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर...

    जेठ २६ गते नगदेशमा दिनभर वः फेस्टिबल, ४ लाखले अवलोकन गर्ने

    मध्यपुर थिमि नगरपालिकामा फेरिपनि वः फेस्टिबल हुने भएको छ । अघिल्लो वर्ष दुईपोखरीमा गरिएको व:...

    मातृभाषा जोगाउने अभियानमा पनि पत्रकारिता जोडिनुपर्नेमा जोड

    उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मातृभाषाको संरक्षणका लागि पत्रकारिता जगत अघि बढ्नुपर्ने बताएका...