News Portal

  • कागज अभावका कारण समयमा पाठ्यपुस्तक पुर्‍याउन सकिएनः शिक्षामन्त्री पौडेल

    भक्तपुर संवाददाताभक्तपुर ७ असार २०७९
    ४२९ पटक
    भक्तपुर ७ असार २०७९

    कागज अभाव र स्थानीय निर्वाचनका कारण समयमा विद्यालयहरुमा पाठ्यपुस्तक पुर्‍याउन नसकिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन्। साथै विद्यालयमा शिक्षक अभावको विषयलाई सम्बोधन गर्न ५ हजार नयाँ दरबन्दी थप्ने तयारी भए पनि अर्थ मन्त्रालयबाट स्वीकृत नभएको बताए।

    मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले बजारमा करिब १५ दिन कागज अभाव, स्थानीय निर्वाचनमा जनक शिक्षाका कर्मचारी खटाउनु र त्यही समयमा स्थानीय निर्वाचन मतपत्र छपाइ भएकाले पुस्तक छपाइमा ढिला भएको जिकिर गरे।

    मन्त्री पौडेलले सरकारले पुस्तक व्यवसायीहरु र सरकारी डाटासमेत हेरेर पुस्तक वितरण गरिरहेको बताएका छन्। मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर दरबन्दीको काम तीब्र रुपमा भइरहेको बताए। शिक्षा सचिव यादवप्रसाद कोइरालाले पाठ्यपुस्तक छपाइ प्रक्रियामा नै समस्या रहेको पनि बताए। उनले पाठ्यपुस्तक छाप्नको लागि भदौ महिनामा नै ऋण लिनुपर्ने र छपाइको काम गर्दा ब्याज बढेर दोब्बर हुने भएकाले पुस्तक छपाइको काम ढिलो भइरहेको दाबी गरे।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...