News Portal

  • सूर्यविनायकमा पर्यटकीय क्षेत्रलाई विकास गर्नुपर्छः सांसद बस्नेत

    रचना बयलकोटी / भक्तपुरपोष्टभक्तपुर,९ असार २०७९
    ५३७ पटक
    भक्तपुर,९ असार २०७९

    सांसद तथा पुर्व उद्योगमन्त्री महेश बस्नेतले सुर्यविनायक नगरपालिकालाई बिकास गर्न पर्यटकीय क्षेत्रलाई अधिकतम प्रयोग गरी आम्दानी बढाउनु पर्ने बताएका छन् ।

    जगातीस्थित एक होटलमा  सुर्यविनायक नगरपालिकाको एघारौ अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् । कार्यक्रममा बागमती प्रदेश सभाकी राज्यमन्त्री रजनी अमात्य जोन्छे, जिसस प्रमुख ईश्वरबहादुर थापा लगायतको आतिथ्यता रहेको छ ।

    यसैबिच सुर्यविनायक नगरपालिकालाई उपमहानगरपालिका र महानगरपालिका बनाउन आवश्यक पुर्वाधारको विकासमा जोड दिनुपर्ने सांसद बस्नेतको भनाइ छ । शिक्षा र स्वास्थ्यलाई प्रवद्धन गर्नमा पनि सुर्यविनायक नगरपालिका अघि बढ्नुपर्ने उनले बताए । सामुदायिक विघालयलाई ंव्यवस्थित बनाइ सामुदायिक कलेज स्थापना गर्नुमा पनि नगरपालिकाले कदम चाल्नुपर्ने बस्नेतको भनाइ छ ।

    कृषि क्षेत्रलाई थप व्यवस्थित र आधुनिक बनाइ गाउँघरमै रोजगारको सिर्जना गरेर सुर्यविनायक नगरपालिकालाई नमुना नगरपालिका बनाउन सबै जनप्रतिनिधिलाई उनले आग्रह समेत गरेका छन् । साथै खेलमैदान निर्माण जस्ता भौतिक पुर्वाधार विकासमा पनि जोड दिनुपर्ने सासंद बस्नेतको भनाइ छ ।

    जगातीस्थित एक होटलमा  नगर सभा जारी छ ।                      यो पनि              https://bhaktapurpost.com/archives/40020

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...