News Portal

  • भक्तपुरको बजेट २ अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १० असार २०७९
    ६१९ पटक
    bhaktapur nagar sabhaभक्तपुर, १० असार २०७९

    भक्तपुर नगरपालिका आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बाह्रौं नगरसभामा उपप्रमुख रजनी जोशीले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

    विनियोजित बजेटको चालू खर्चतर्फ ६५.३९ प्रतिशत, पुँजीगत खर्चतर्फ ३२.५० प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरिएको छ ।

    विनियोजित बजेटमा महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा २३.६६ प्रतिशत, शिक्षा तथा संस्कृति क्षेत्रमा कूल बजेटको १९.४३ प्रतिशत   भौतिक पूर्वाधार निर्माणका लागि १८.०७ प्रतिशत छुट्याइएको छ । त्यस्तै फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.१८ प्रतिशत, स्वास्थ्य क्षेत्रमा ४.९५ प्रतिशत, सम्पदा संरक्षण तथा विकास निर्माणमा ४.१२ प्रतिशत छुट्याइएको छ ।

    बजेट वक्तव्यमा देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना सम्पन्न गर्न २० करोड रुपैया बिनियोजन गरिएको छ । उक्त विषय नीति ततहा कार्यक्रममै उल्लेख भएको थियो ।

    त्यस्तै.१ सय शैया स्वीकृति प्राप्त ख्वपः अस्पताल भवन निर्माण पूरा गर्न ८ करोड, अँचा पोखरी परिसरमा जेष्ठ नागरिकका लागि आदर निकेतन संचालन गर्न ५० लाख रुपैयाँ, शहीद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि १ करोड रुपैयाँ, महेश्वरी खेलमैदानको लागि रु. १ करोड, बेखाल कभर्ड हल निर्माण सम्पन्न गर्न ३ करोड रुपैयाँ र खेलकुद पूर्वाधार, प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न रु. ६ करोड १ लाख विनियोजन गरेको छ ।

    त्यस्तै बाराही पुल यसै वर्ष सम्पन्न गर्ने गरी रु. ३ करोड, नगरमा खानेपानी फिल्ट्रेसन, ट्यांकी निर्माण तथा खानेपानी पाइप सुधार कार्यका लागि लिवाली आवास योजना र कमल विनायक आवास योजनामा खानेपानी व्यवस्था गर्न रु. ५० लाख, नगरबासीहरुलाई खानेपानी सुविधा उपलब्ध गराउन रु. १ करोड २५ लाख र नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरुसँग सहकार्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र युवा उद्यमशील ऋण तर्फ रु. १ करोड बजेट विनियोजन गरेको छ ।
    क्यान्सर, मुटु, मृगौला, मस्तिष्कघात तथा मेरुदण्ड पक्षघात (स्पाइनल कर्ड इन्ज्युरी) जस्ता कडा तथा दीर्घरोग भएका नगरवासी विरामीहरूलाई प्रतिव्यक्ति रु. १५ हजारका दरले सहयोग गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिन रु. ४० लाख विनियोजन गरेको छ भने क्यान्सर, मृगौला रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई मासिक रु. ५ हजारको दरले उपचार खर्च भत्ता व्यवस्थाको लागि रु. ९० लाख विनियोजन गरेको छ ।

    बजेट वक्तव्यमा लिवालीमा चिस्यान केन्द्र निर्माण गर्न रु. १ करोड, वडा नं. ५ मा तरकारी बजार निर्माण सम्पन्न गर्न रु. ४० लाख रुपैयाँ, थंथु दरबार पुनःनिर्माण, सांस्कृतिक संग्रहालय निर्माण, कोसेली घरलगायत वडा वडाका सम्पदाहरु पुनःनिर्माण र संरक्षणको लागि रु. ६ करोड बजेट विनियोजन गरेको छ ।

    चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र लगायतका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययरत नगरवासी विद्यार्थीहरूका लागि नगरपालिकाले विगत वर्षदेखि शैक्षिक ऋण वितरण गर्दै आएकोमा यो वर्ष ऋणको सीमा वृद्धि गर्देै २ करोड रुपैयाँ विनियोजन गरिएको छ । शिक्षाशास्त्र संकायमा उच्च शिक्षा अध्ययन गरी शिक्षक बन्न चाहने नगरवासीहरुको लागि विशेष व्यवस्था गरेको छ ।

    पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा, काठ र झिंगटीमा लाग्ने कूल लागत रकमको ३५ प्रतिशत अनुदान दिन ५० लाख रुपैया विनियोजन गरिएको छ भने ख्वप टेलिभिजन सञ्चालनकोे लागि १ करोड रुपैयाँ बजेट वक्तव्यमा विनियोजन गरेको छ ।

    पर्ती जग्गा संरक्षण तथा सिमांकन, पार्किङ, कृषि उत्पादन वृद्धि गर्न माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्य लगायतका लागि रु. ७० लाख विनियोजन गरेको छ भने नगरभित्रका सामुदायिक विद्यालयहरुमा बालविकास सहजकर्ता (ईसीडी) शिक्षकहरुको कार्य मूल्यांकन गरी थप पारिश्रमिकको बन्दोबस्त गरेको छ ।
    त्य

    स्तै युवा तथा खेलकुद क्षेत्रमा ६ करोड १ लाख ९९ हजार रुपैया, कृषि औजार एवम् बीऊ विजनका लागि कृषि क्षेत्रमा २ करोड ७ लाख रुपैया र प्रशासनिक व्यवस्थापनको लागि रु. ३८ करोड ८६ लाख ६३ हजार विनियोजन गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...