News Portal

  • चाँगु र सूर्यविनायकमा संचालित ५ वर्षे परियोजना सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १० असार २०७९
    ६५३ पटक
    भक्तपुर, १० असार २०७९

    नागरिक समाज : पारस्पारिक जवाफदेहिता परियोजना सम्पन्न भएको छ । शुक्रबार उक्त ५ वर्षे परियोजनाको समापन गरिएको हो ।                                                                                                                                                 युएसएआइडी एफएचआइ३६० को सहयोगमा मानव अधिकार संचार प्रतिष्ठान नेपालले भक्तपुर जिल्लाकाे चाँगुनारायण नगरपालिका र सुर्यविनायक नगरपालिकामा सन् २०१७ देखि २०२२ सम्म सञ्चालन गरेको परियोजना संचालन गरेको थियो ।                                                                           शुक्रबार भक्तपुरमा आयोजित परियोजना समापन कार्यक्रममा सहभागी सरोकारवालाहरुले ५ वर्ष देखि संचालित परियोजनाले समुदाय र जिल्ला स्तरमा सकारात्मक उपलब्धी हासिल गरेको बताएका छन् । मुलभुत सवालहरु स्वास्थ्य, शिक्षा, कृषि र विपदका क्षेत्रहरुमा उल्लेख्य परिवर्तन ल्याएको उनीहरुको भनाइ छ । परियोजनाले बस्ती तथा जिल्लास्तरका समस्याको पहिचान र समाधानका लागि पैरवी र वकालत गर्दै स्थानीय तहमा नीति, कानून निमार्ण प्रक्रियामा गरिएको प्राविधिक सहयोग, नागरिक समाज संघ संस्थाहरुलाई गरेकाे परिचालन र नागरिकहरुका सवाल समाधान गर्नमा सहयोग पुगेको सरोकारवालाले बताएका छन् ।

    कार्यक्रममा स्थानीय सभा नगरकाेटका संयोजक श्रीराम लामिछाने, स्थानीय सभा बालकाेटका संयाेजक चन्द्रकृष्ण श्रेष्ठ, याभ नेपालका सचिव श्रीकृष्ण थापा, छनाेट गरिएको बस्तिकाे अगुवा सुनिता विश्वकर्मा, रेडक्रस साेसाईटी, शिक्षक महासंघ, निर्वतमान जनप्रतिनिधि सुजेन्द्र मुनकंर्मी, पत्रकार पुष्करराज बुढाथोकी, निर्वतमान उपमेयर जुना बस्नेत, गैसस महासंघ भक्तपुरका अध्यक्ष नारायण प्रसाद न्याैपाने, नागरिक समाज सञ्जालका संयाेजक एंव भक्तपुर बारका अध्यक्ष रविन्द्र प्रधान, नागरिक अभियन्ता जनप्रतिनिधिहरुले स्थानीय स्तरमा र जिल्लास्तरमा संचालन गरिएको क्रियाकलाप तथा अभियानबाट भएको परिवर्तनका बारेमा आ-आफनो अनुभव सुनाएका थिए ।

    कार्यक्रममा इह्रिकनका कार्यकारी निर्देशक पंकजराज देवकोटाले परियोजना संचालनको ५ वर्षमा भएको मुख्य उपलब्धीका बारेमा प्रस्तुतीकरण गरेका थिए । परियोजनाले विशेष गरि नागरिक नेतृत्व, क्षमता अभिबृद्धि, सुशासन, सामाजिक जवाफदेहिताका औजार, सूचनाको हक, स्थानिय तहमा निति निमार्ण लगायतको काम गरेको बताइएको छ । साथै कार्यकाे समापन गर्दै इह्रिकनका अध्यक्ष मीना शर्माले परियाेजनाकाे समय अवधि सकिए पनि संस्था सदैव रहिरहने भएकाेले नागरिक समाज संस्थाहरु सँग समन्वय सहकार्य गर्दै नागरिकका सवालहरुमा सदैव हातेमालो गरिरहने जाअकारी गराइन ।  उनले परियोजना सफल बनाउन साथ सहयोग गर्ने नागरिक समाज संघ संस्थाहरुलाई धन्यवाद व्यक्त गर्दै कदर पत्र समेत हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी, नागरिक समाज, अधिकारकर्मी, पत्रकार, स्थानीय समुहका पदाधिकारी लगायतको सहभागिता रहेको कार्यक्रम अधिकृत दिपेश बिसुङ्खेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...