News Portal

  • भक्तपुरमा औषधि ब्यवसायीले गराए जेष्ठ नागरिकलाई मिष्ठान्न भोजन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १० असार २०७९
    ९०४ पटक
    भक्तपुर, १० असार २०७९

    नेपाल औषधि ब्यवसायी संघ भक्तपुरले जेष्ठ नागरिकका लागि मिष्ठान्न भोजन गराएको छ । सिद्धि स्मृति शालिग्राम आश्रममा रहेका जेष्ठ नागरिकलाई शुक्रबार मिष्ठान्न भोजन गराइएको हो ।                                                                                                      ४९ औं स्थापना दिवसको अवसर पारेर उनीहरुलाई भोजन गराइएको औषधि ब्यवसायी संघ भक्तपुर शाखाका सल्लाहकार एवं अभियन्ता कपिल कस्पालले जानकारी दिए । आश्रममा आश्रय लिइरहेका करिब ५० जना जेष्ठ नागरिक मिस्ठान्न भोजन पाएर दङ्ग देखिएका थिए ।
    आश्रमका सस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेलले औषधि ब्यवसायीको सामाजिक कार्यप्रति  सन्तोष ब्यक्त गर्दै जेष्ठ नागरिकको लागि सोच्ने समाजको सधै प्रगति हुने तर्क गरे ।                                                                                 औषधि ब्यवसायी संघका अध्यक्ष नारायण प्रसाद भुसालको नेतृत्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजकुमार बुढाथोकी, महासचिब बिनोद कुमार सापकोटा, कोषाध्यक्ष दिपा बस्नेत ,सदस्य सान लामा, काठमाडौं का अध्यक्ष बद्री प्रसाद श्रेष्ठ, बागमती प्रदेश उपाध्यक्ष कृष्ण प्रसाद पान्डे त्यसैगरी  सल्लाहकारहरु कपिल कसपाल,दिल कुमार सुवाल र संगम खाइतु लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...