News Portal

  • दुधपाटीस्थित बारुण यन्त्र कार्यालय पछाडिको बाटो हिड्नै नसक्ने गरी हिलाम्मे

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १२ असार २०७९
    १४५६ पटक
    hiloभक्तपुर, १२ असार २०७९

    भक्तपुरको वडा नम्बर १ मा एक व्यस्त सडक हिलाम्मे हुँदा स्थानीय सास्ती व्यहोर्न बाध्य बनेका छन् । कामकाजी मानिस र विद्यार्थीका लागि यो बाटो टाउको दुखाइको विषय बनेको छ ।

    दुधपाटीस्थित बारुण यन्त्र कार्यालय पछाडिको बाटो वर्षाका कारण हिड्नै नसक्ने गरी हिलाम्मे भएको हो । सोही बाटो गरेर दिनहुँ सयौं विद्यार्थी आवतजावत गर्नुपर्ने भएपनि बाटोको मरम्मत हुन सकेको छैन ।

    स्थानीय अगुवा विनयराज रेग्मीले शहरी विकास विभागले बाटो बनाउने भन्दै इट्टा उप्काएर झन् बिजोग बनाइदिएको बताएका छन् । महिनौ बितिसक्दा पनि बाटोमा छाप्ने ढुंगा नपाइएको बहानामा काम रोकिंदा बालबालिका बाटो पार गर्न छेउको पोखरीको भिरालो पर्खालबाट हिड्नु पर्ने बाध्यता बारे बताउदै उनले दुई पाङ्ग्रे सवारी गुडाउन समेत नसक्ने गरी बाटो बिग्रिएको गुनासो गरे । कार्यालय जान चिटिक्क परेर घर बाट निस्किएका स्थानीय बाटोमा हिलाम्मे हुनुपर्दा निरास देखन्छन ।

    वडा नम्बर १ का वडाध्यक्ष श्याम कृष्ण खत्रीले भने बाटो बनाउने काममा वडा कार्यालय लागिरहेको जनाएका छन् । स्थानीयको दुखबारे आफूहरुलाई जानकारी रहेको भन्दै उनले केही दिन भित्रै बाटो बनिसक्ने र स्थानीयको समस्या समाधान हुने दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...