News Portal

  • अविरल वर्षा आएको कारण बाढी पहिरोले देशका विभिन्न भागमा क्षति

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, असार १२ २०७९
    ६८८ पटक
    भक्तपुर, असार १२ २०७९

    शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा क्षति पुगेको छ । कास्कीको लुम्ले र जुमलेटीमा ६ घण्टाको अवधिमा मुसलधारे वर्षा भएको छ । सो अवधिमा लुम्लेमा मात्रै १७१ दशमलव ५ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विभागले जनाएको छ ।

    पोखरा महानगरपालिका–२५ हेम्जाका तीन सय भन्दा बढी घर डुबानमा परेका छन् । डुबान र पहिराका कारण करिब पाँच सय मानिस विस्थापित भएका छन् ।

    त्यस्तै, दोलखाको बिगु गाउँपालिका–४ मा निर्माणाधीन पुलमा बाढीले क्षति पु¥याएको छ । बाढीले गर्दा पुलमुनिको ग्याबिन भाँसिएको छ । ग्याबिनमा राखिएका टेका पनि ढलेपछि ढलान गर्ने तयारी गरिएको पुलको फर्मा भाँचिएका छन् र बाढीले पुलका केही सामान र संरचना पनि बगाएको छ ।

    जल तथा मौसम विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी, पश्चिम राप्तीका शाखा नदीहरु लगायत प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेश भई बग्ने नदीहरुमा बहाव बढ्ने भन्दै सचेत रहन जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...