News Portal

  • भक्तपुर नगरपालिकाको बजेट समाजवाद उन्मुख

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ असार २०७९
    ४७१ पटक
    sunil prajapati bhaktapurभक्तपुर, १२ असार २०७९

    भक्तपुर नगरपालिकाको बजेट समाजवाद उन्मुख भएको भन्दै सभासदहरुले सन्तोष व्यक्त गरेका छन् । १२ औं नगर सभामा नगरपालिकाको बजेट माथि दफावार छलफल सहभागी हुँदै सभासदहरुले सन्तोष व्यक्त गरेका हुन् ।

    प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतवार बसेको १२ औं नगरसभामा ५ जना सभासद्हरुले आफ्नो विचार व्यक्त गरेका बताइएको छ ।

    छलफलमा भाग लिँदै सभासद् हरिरत्न गोर्खालीले नपाको बजेट समाजवाद उन्मुख भएको बताउदै वडास्तरीय योजनामा छुट्याइएको रकम समय अनुसार वृद्धि गर्नुपर्ने बताए । हेरा ख्याजुले संघ र प्रदेशको बजेट समयमै प्राप्त गर्न पहल गर्नुपर्ने, महेश्वरी खेलमैदानको लागि छुट्याएको बजेट अपुग भएको उल्लेख गरे ।

    त्यस्तै सभासद् पुरुषोत्तम तमखुले इखालाछी मठ पुनःनिर्माणको लागि छुट्याएको बजेट कम भएको, सभासद् जितेन्द्र मुनंकर्मीले नपाले आर्थिक स्रोत बढाउनेतर्फ ध्यान दिनुपर्ने, त्यस्तै सभासद् रामसुन्दर बासीले भौतिक निर्माणमा जोड दिनुपर्ने, नपाले मानसिक रोग विशेषज्ञको व्यवस्था गर्नुपर्ने, सामुदायिक विद्यालयमा भौतिक सुधार गर्न बजेट छुट्याउनुपर्नेमा जोड दिए ।
    त्यस्तैसभाको विशेष समयमा सभासद्हरु रामसुन्दर बासी, गंगालक्ष्मी बमनु, कल्पना शिल्पकार, पुरुषोत्तम तमखू, इन्द्रबहादुर प्याठले देशघाती एमसीसी सम्झौता र एसपीपी सम्झौताबारे जनतालाई सचेत पार्नुपर्ने, सिद्धपोखरी वरिपरि हरियाली प्रवद्र्धन गर्नुपर्ने, घरभाडा कर उठाउनुपर्ने, देको मिवा इतापाके आवास योजना छिटो सम्पन्न गर्नुपर्ने, नगर प्रहरीको व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।

    सभासद् कृष्णगोपाल चौगुठी, हेरा ख्याजु, श्यामसुन्दर मातां, नारायणप्रसाद त्वानाबासु, कृष्णनारायण दुमरु, सूर्यप्रसाद श्रेष्ठ, मञ्जुमैया लाखा, सिद्धिराम अवाल, जितेन्द्र मुनंकर्मी र गोविन्द दुवालले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्नुहुँदै हनुमानघाट सुधारको योजना ल्याउनुपर्ने, भनपा ७ स्थित पाँचाख्योमा हरियाली प्रवद्र्धन गर्नुपर्ने, सडक बत्ती मर्मत सम्भार गर्नुपर्ने, साना र दुई पांग्रे सवारीसाधन पार्किङ व्यवस्था गर्नुपर्ने, नगरकोट सडकको दायाँबायाँ पेटी बनाउनुपर्ने, नगरबासीहरुलाई सरुवा रोगबाट बचाउन खानेपानीको फिल्टरको व्यवस्था गर्नुपर्ने बताए ।

    नगरसभाको अर्को बैठक २०७९ साल असार १४ गते, मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...