News Portal

  • बिजुक्छें निवास पुग्यो पत्रकार महासंघ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ असार२०७९
    २३१६ पटक
    भक्तपुर, १३ असार२०७९

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर नेमकिपाका अध्यक्ष, संविधान सभा सदस्य, पूर्व सांसद एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेंको निवासमा पुगेको छ । पत्नी वियोगमा रहेका नेता बिजुक्छें र परिवारजनमा समवेदना प्रकट गर्न महासंघ बिजुक्छें निवास पुगेको हो ।

    सोमबार कमलविनायकस्थित बिजुक्छें निवास पुगेको महासंघको टोलीले अध्यक्ष बिजुक्छेंको जीवन संगिनी शोभा प्रधानप्रति श्रद्धान्जली अर्पण गर्दै उनको निधनले अध्यक्ष बिजुक्छेले आफ्नो जीवनसाथी र भक्तपुरले एक कर्मठ शिक्षासेवी गुमाउनुपरेको बताएको थियो । शाखाका कार्यवाहक अध्यक्ष सुन्दर सिल्पकारको नेतृत्वमा पुगेको उक्त टोलीले प्रधानको निधनले शोकमा रहेका नेता बिजुक्छें, परिवारजन, पार्टी पङ्ति र भक्तपुरवासी सबैमा धैर्यधारण गर्ने सामर्थ्य प्राप्त होस् भनी कामना र समवेदना सहित श्रद्धान्जली पत्र समेत हस्तान्तरण गरेको सहसचिव हेमराज ढकालले बताए ।

    शोक सभामा नेमकिपाका अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता बिजुक्छेंले आफ्नो परिवारको पिडामा महासंघ मल्हम लगाउन आएको प्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए । उक्त क्षणमा नेमकिपाका जिल्ला अध्यक्ष एवं बागमती प्रदेश सांसद शुरेन्द्रराज गोसाई  र परिवारजनको समेत उपस्थिति रहेको थियो ।

    लामो समयदेखि क्यान्सर रोगले ग्रसित बिजुक्छें पत्नी प्रधानको ६२ वर्षको उमेरमा गत ८ गते निधन भएको हो । २०४० सालमा अध्यक्ष बिजुक्छें संग बिबाह गरेकी प्रधानले अध्यक्ष बिजुक्छेंको राजनीतिक संघर्षपूर्ण जीवनको साक्षी र सहयोगी बन्दै जीवन बिताएकी थिइन् । विद्यालय शिक्षक रहेर शिक्षा सेवा गरेकी प्रधानले पार्टीको बिभिन्न भूमिकामा रही राजनीतिमा समेत सक्रियतापूर्वक सहभागिता जनाएकी थिइन् । गत शुक्रवार उनको अन्येष्टिमा हजारौ सर्वसाधारण सहभागी भई उनको पार्थिव शरीरलाई अन्तिम बिदाइ गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...