News Portal

  • अनेसासको अध्यक्षमा गोवर्द्धन पूजाको उम्मेद्वारी

    इभक्तपुर संवाददाता
    ५४५ पटक

    १४ असार, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको निर्वाचनका लागि साहित्यकार गोवर्द्धन पूजाले अध्यक्षको पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।

    विगत १२ बर्षदेखि अमेरिकाको बोस्टनलाई आफ्नो कर्मथलो बनाएका पूजाले यसअघि दुई कार्यकाल महासचिवको सफल कार्यकाल पूरा गरिसकेर हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन्।

    विशेषतः कविताका क्षेत्रमा चर्चित पूजाका पीडा अवतार, अनामनगरकी अम्बिका, प्रेम अवतार, वाचाल ओठहरूलगायतका कविता कृतिसहित एकदर्जन साहित्यिक कृति प्रकाशित छन् ।

    नेपालमा छँदै नेपाल सरकारले ४० बर्षभन्दा मुनिका युवालाई दिने मोति पुरस्कारबाट सम्मानित भइसकेका पूजाले नारायणी वाङ्मय पुरस्कार, भानुमोति पुरस्कार, भानुभक्त लेखन पुरस्कार, भानुभक्त द्वशर्वार्षिकी स्वर्ण पदक, नेपाल प्रज्ञाप्रतिष्ठाको कविता महोत्सवमा पुरस्कृत भएसँगै दुई दर्जन साहित्यिक पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका छन् ।
    गजलमञ्चको संस्थापक अध्यक्ष, हिमालयन लायन्स क्लव बोस्टनको अध्यक्षसमेत रहेका पूजाले सांगठानिक क्षेत्रमा समेत कुशल नेतृत्वकर्ताका रूपमा परिचय बनाएका छन् ।

    नेपालमा रहदा अन्नपूर्ण पोस्ट दैनिकमा वरिष्ठ उपसम्पादक, मैत्री एफएमको कार्यक्रम प्रस्तोता र विभिन्न कलेजमा नेपाली साहित्यको प्राध्यापन गरेको लामो अनुभव बटुलेका पूजा भूगोल र नेपाली साहित्य गरि दुई विषयमा मास्टर्स गरेका छन् ।

    अनेसासमा सक्रिए भएका कारण यो साता मात्र अनेसास कोरिया च्याप्टरबाट सक्रियता पुरस्कार र नइ रजतमहोत्सव पदकसमेत प्राप्त गरेका पूजाले अनेसासलाई ‘अनेसास” नै बनाउने उदेश्यका साथ सबैलाई समेटेर आफूले दुई बर्षकोलागि नेतृत्व लिन तयार भएको बताएका छन् ।
    जुलाईको ९ र १० मा विधुतीय माध्यमबाट हुने निर्वाचन अनेसासका २३८१ मतदाताले मतदान गर्ने छन् ।

    यी हुन् गोवर्द्धन पूजाको प्रतिवद्दता
    १. आजीवन सदस्यलाई आजीवन सदस्यताको परिचय पत्र र अनेसासको पिन समर्पण गरिनेछ ।
    २. साहित्यिक अनलाईन पत्रिका अनेसास दर्पणको प्रकाशन गरेर अनेसासका गतिविधि र साहित्यक रचनाको नियमित प्रकाशन गरिनेछ ।
    ३. अनेसास केन्द्रीय कार्यसमितिको मासिक बैठकलाई अनलाइन मार्फत प्रत्यक्ष प्रशारण गरिने छ ।
    ४. अनेसास भवन खरिदकोलागि रकम संकलन समूह गठन गरि भवन खरिद र ब्यबस्थापनको लागि काम गरिने छ।
    ५. अनेसासका अजीवन सदस्यहरूको कृतिलाई सम्पर्क सचिवालयमार्फत वितरणको व्यवस्था गरिनेछ ।
    ६. अनलाईन साहित्यक प्रशिक्षणको ब्यवस्था गरि साहित्य लेखन प्रशिक्षण मार्फत स्तरीय साहित्यिक लेखनका लागि अभियान चलाइने छ ।
    ७. क्षेत्रिय समिति गठन गरि भूगोलका कुनाकुनासम्म अनेसासको गतिविधिलाई विस्तार गरिने छ ।
    ८. नेपाली साहित्यलाई विश्व साहित्यमाझ परिचित गराउन अनुवाद र प्रकाशन, भाषिक सभा-सम्मेनन र गोष्ठी गरिने छ ।
    ९. अनेसासका पूर्व नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्तित्वहरूलाई सम्मान र पुरस्कृत गरिने छ ।
    १०.बाल कार्यक्रम तथा प्रतियोगिता, महिला साहित्यिक गोष्ठी तथा प्रतियोगीता , अन्तर्राष्ट्रिय सभा सम्मेलन, साहित्यिक उत्सव गरिने छ ।
    ११. विधागत अनुवाद कृति प्रकाशित गरिने छ ।
    १२ . पाँचै महादेशका सर्जकहरुको प्रतिनिधि सिर्जनाहरूलाई समेटेर संयुक्त कृति प्रकाशित गरिने छ ।
    १३. महिला सशक्तिकरण सम्बन्धि गोष्ठी र कृति प्रकाशन गरिने छ ।
    १४.आजीवन सदस्यहरूको परिचय पुस्तिका प्रकाशन गरिने छ ।
    १५.विगतका कार्यसमितिले गरेका राम्रा कार्यक्रमलाई निरन्तरता दिइने छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...