News Portal

  • भक्तपुरमा ९ कक्षाका विद्यार्थी न्यौपाने बने प्रधानाध्यापक

    बाबुराम दाहाल / भक्तपुरपोस्ट भक्तपुर, १४ असार २०७९
    २२१०६ पटक
    भक्तपुर, १४ असार २०७९

    भक्तपुरको एउटा विद्यालयले आफ्नै एक विद्यार्थीलाई प्रधानाध्यापक बनाइदिएको छ । कक्षा ९ मा अध्ययनरत एक छात्रले उक्त जिम्मेवारी पाएका हुन् । तर, उनी सधैंका लागि भने प्रधानाध्यापकको पदमा पुगेका होइनन् । विद्यालयले उनलाई एक दिनका लागि प्रिन्सिपलको कुर्सी सुम्पिएको हो ।                 
    चाँगुनारायण–२ दुवाकोटस्थित गोल्डन सुनगाभा ङङ्गलिस बोर्डिङ्ग स्कुुलमा यस्तो अनौठो घटना भएको हो । एक दिनको लागि कक्षा ९ का अध्यनरत विद्यार्थी सन्देश न्यौपाने प्रधानाध्यापक बनेका हुन् । मंगलवार विद्यार्थीबाटै चुनिएर न्यौपाने एक दिनको लागि प्रधानाध्यापक बनेर विद्यालयको प्रशासन चलाए ।  त्यतिमात्र होइन, विद्यालयमा मंगलवार शिक्षक समेत विद्यार्थी नै भएका थिए ।                                    sunagava school

     नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुको विद्यार्थीसँग एक दिन, कार्यक्रम आयोजना गरिएको र सोही बमोजिम मंगलवार एउटा अभ्यास सम्पन्न भएको विद्यालयकी अतिरिक्त क्रियाकलाप प्रमुख मनिला खत्रीले बताइन् ।    कार्यक्रमको लागि विद्यार्थीहरुबाट नै एक दिनको लागि कक्षा ९ मा अध्यनरत विद्यार्थी सन्देश न्यौपाने प्रधानाध्यापकको लागि चुनिएका थिए । कक्षा प्रे–ग्रुप देखि कक्षा १० सम्म नियमितरुपमा अध्यापन गराउँदै आएका शिक्षकहरुलाई  कक्षागत तथा विषयगत शिक्षक प्रतिनिधि कक्षा ८, ९ र १० मा अध्यनरत विद्यार्थीहरुबाट छनोट गरी विद्यालयको नियमित कार्य सञ्चालन गरिएको थियो । त्यसै गरि विद्यालयको व्यवस्थापकीय तथा प्रशासनिक विभागमा पनि विद्यार्थी प्रतिनिधि छनोट गरि कार्यसम्पादन गरिएको बताइएको छ ।


    विद्यालयले ‘विद्यार्थीहरुको विद्यार्थीसँग एक दिन’कार्यक्रमबाट विद्यार्थीहरुको जिम्मेवरी बहन गर्न सक्ने सिप विकास होस् भन्ने उद्देश्य राख्नुका साथै विद्यार्थीहरु विद्यालयमा कस्तो प्रशासन र सिकाइ वातावरण चाहन्छन भन्ने पनि थाहा हुने प्रधानाध्यापक महेशचन्द्र गौतमले बिश्वास ब्यक्त गरे ।

    किताबी ज्ञानसँग आधारित शिक्षा प्रणालीमा केहि नयाँ र फरक उद्देश्य राखी अन्य विद्यालयभन्दा फरक मौलिक र समय सापेक्ष शिक्षा प्रदान गर्ने उदेश्यले व्यवाहारिक एवं समय सान्दर्भिक नेतृत्व विकास गर्ने शिक्षा प्रदान गर्न कार्यक्रम संचालन गरिएको र यस्ता अन्य सिर्जानात्मक अतिरिक्त कार्यहरु सञ्चालन गर्दै जाने विद्यालयकी अतिरिक्त क्रियाकलाप प्रमुख मनिला खत्रीले बताएकी छन् ।                                                                    एक दिनको जिम्मेवारी पाएका विद्यार्थीहरु पनि निकै खुशी देखिएका थिए । उनीहरूले शिक्षक भएपछि शिक्षकहरुप्रति थप सम्मान बढेको बताउदै यसले आपसी सम्बन्ध अझ मजबुत बनाएको बताए । कार्यक्रमबाट विद्यार्थीहरुले रमाइलो अनुभव भएको प्रतिक्रिया दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...