News Portal

  • बेरुजु फस्र्यौट गर्न सरकार प्रयत्नशील

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ असार २०७९
    ६२६ पटक
    janardan sharmaभक्तपुर, १५ असार २०७९

    बेरुजु फस्र्यौट गर्न सरकार निरन्तर प्रयत्नशील छ ः अर्थमन्त्री
    काठमाडौं, १५ असार
    महालेखा परिक्षकको कार्यालयले ६४ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यालयको नयाँ भवनमा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परिक्षकले गर्ने लेखा परिक्षणले मुलुकको सार्वजनिक प्रशाशनको बित्तीय अनुशासन र सदाचारको बारेमा प्रष्ट पार्ने गरेको बताइन् ।
    उनले आधुनिक प्रविधिमार्फत लेखा परिक्षण हुन थालेकोमा खुसी व्यक्त गरिन् । महालेखा परिक्षकको प्रतितवेदनले हरेक बर्ष बेरुजु बढ्दै गएको तथ्ये औंल्याउने भएकाले सुधारको खाँचो रहेको उनले बताइन् ।

    कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बेरुजु फस्र्यौटलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी गराए ।
    ‘यस बर्षको नीति तथा कार्यक्रममा समेत बेरुजु फस्र्यौटलाई प्राथमिकतामा राखिएको छ’ अर्थमन्त्री शर्माले भने, ‘सार्वजनिक आर्थिक कारोबार संचालनमा पारदर्शीता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध रहेको छ ।’ उनले लेखा परिक्षकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयन गर्न तथा बेरुजु फस्र्यौट गर्न सरकारले निरन्तर प्रयत्न गरिरहेको बताए । उनले बेरुजु फस्र्यौटका लागि अहिलेसम्म अपनाएका विधि र प्रकृयाका बारेमा समिक्षा गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।
    ‘बेरुजु किन बढदै गएको छ, कहाँनेर हाम्रो कमी कमजोरी भयो भन्ने कुराको अध्ययन, अनुसन्धान गरेर निराकरण गर्नुपर्ने आवश्यकता छ’ उनले भने ।
    संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको लेखा परिक्षण गर्नुपर्ने जिम्मेवारी पुरा गरी बित्तीय व्यवस्थापन चुस्त, दुरुस्त बनाउन पहिले झै यस बर्षपनि महालेखा परिक्षकबाट सुझाव प्राप्त हुने अर्थमन्त्री शर्माले विश्वास व्यक्त गरे ।
    सविधान र प्रचलित कानूनअनुसार सुशाशन कायम गर्न उल्लेखनीय कार्य गरेको भन्दै उहाँले महालेखा परिक्षक र मातहतका कर्मचारीको प्रशंसा गर्नुभएको थियो । ‘सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजस्वतर्फ भएका चुहावट, हिनामिना, न्यूनबिजकीकरण, अनौपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक असर, सार्वजनिक तथा संगठित संस्था संचालनका बिषयहरुमा भने थप ध्यान दिनुपर्ने देखेको छु’ उनले भने ।

    अर्थमन्त्री शर्माले बर्तमान अर्थतन्त्रका बारेमा महालेखा परिक्षकको कार्यलयबाट अध्ययन र विश्लेषण भई सुझाव पाउने अपेक्षा राखेको पनि बताए । ‘एकातिर अर्थतन्त्रको आकार दिन प्रतिदिन फराकिलो बन्दै गएको छ भने अर्कोतर्फ आर्थिक परिसूचकहरुमा उचार चढाव आइरहेको छ । यसो हुँदा अर्थतन्त्रका समग्र पक्षमा गहन अध्ययन, विश्लेषण र मूल्यांकन गर्नुपर्ने आवश्यकता देखेको छु’ उनले भने, ‘यसमा महालेखा परिक्षकको कार्यालयका तर्फबाट शशक्त अध्ययन, विश्लेषण भई सुधारका लागि सुझाव पेश हुने अपेक्षा गरेको छु ।’
    महालेखा परिक्षकको कार्यालयलाई एक विश्वसनिय सस्थाका रुपमा कार्य गर्न लेखा परिक्षकले आफ्नो निष्ठा, स्वतन्त्रता, व्यवसायिकता, राजनीतिक तटस्थता, सक्षमता जस्ता मूल्य मान्यताहरु अनुशरणा गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाई थियो ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...