News Portal

  • अनेसासको वरिष्ठ उपाध्यक्ष पदमा सुप्रसिद्ध कवि लालगोपाल सुवेदीको उम्मेद्वारी

    इभक्तपुर संवाददाता
    ७६० पटक

    अन्तर्राष्ट्रि« नेपाली साहित्य समाज –अनेसास) को आगामी कार्यकाल २०२२–२०२४ का लाग साहित्यकार सुप्रसिद्ध तथा सर्वप्रिय कवि लालगोपाल सुवेदीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

    राधेश्याम लेकालीको कार्यकालमा केन्द्रीय तहमा सचिव पदमा रही प्राज्ञिक क्षेत्रको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका सुवेदीले गत चुनावमा उपविजेता बने पनि अझ गहन जिम्मेवारी सम्पन्न गरेको जानकारी समाचारस्रोतलाई प्राप्त भएको छ ।

    उनी अनेसासले प्रकाशन गर्ने अनेसास दर्पण का पूर्वप्रधान सम्पादक र पछिल्लो चरणका पनि प्रधान सम्पादक नै छन् । अनेसास पुरस्कार समितिका तीनजना अन्तिम निर्णायकमध्ये उनी पनि एक हुन् ।

    एकसय बीसओटा पुस्तक छ महिनासम्म अहोरात्र पढेर आफ्नो जिम्मेवारी पूरा गरको कुरा पनि समाचार स्रोतलाई प्राप्त भएको छ । अनेसासमा सुवेदीको योगदानबारे बुझ्न खोज्दा अनेसास बोस्टन च्याप्टरका पूर्व अध्यक्ष हरि काफ्ले शैवले सुवेदी अनेसासका लागि सधैँका लागि नभई नहुने व्यक्ति हुन् भन्ने धारणा प्रस्तुत गरे ।

    शैवका अनुसार सुवेदी जगैबाट उठेका अर्थात् बोस्टन च्याप्टरका महासचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रमा सचिवको जिम्मेवारी पूरा गरेर पनि अनेसासको साखवृद्धिका लागि पर्दापछाडिबाट कठोर परिश्रम गरिरहेका थोरै व्यक्तिहरुमध्ये एक हुन् ।

    स्मरणीय छ, सुवेदी एम् ए (नेपालीए मा त्रिभुवन विश्वविद्यालयका गोल्डमेडलिस्ट हुन् भने आफ्ना समकालीन कविहरुमा प्रतिस्पर्धाबाट राष्ट्रि« स्तमा सबैभन्दा बढी पुरस्कार जित्ने व्यक्तिसमेत हुन् । कविता, निबन्ध, समालोचना र व्याकरणका १८ ओटा कृति प्रकाशित गरिसकेका सुवेदीको साहित्ययात्राले पनि चालीस वर्ष पूरा गरिसकेको छ ।

    नेपालमा रहँदा पनि आधा दर्जन साहित्यिक संघसंस्थामा काम गरेका सुवेदीमा लेखन र नेतृत्व दुवै क्षेत्रको लामो अनुभव रहेको छ । अनेसासलाई राजनीतिक अखडा नबनाई अनेसासलाई अनेसास नै बनाउनुपर्छ भन्ने मूल मन्त्र बोकेका सुवेदीसँग तपाई किन वरिष्ठ उपाध्यक्ष पदमै उम्मेद्वारी दिँदै हुनुहुन्छ भन्ने जिज्ञासा राख्दा अनेसासलाई नेपालको त्रिभुवन विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानकै हाराहारीमा लैजानका लागि अनेसासको विधानलाई अक्षरशः पालना गर्दै पर गएकाहरुलाई घर फर्काउन दुखेका मनहरुमा मलम लगाउने प्राज्ञिक कर्महरु गर्ने र नेपाली भाषा साहित्यको विश्वव्यापीकरण गर्नेमा आफ्नो प्रतिबद्धता रहेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...