News Portal

  • भक्तपुरमा बजार अनुगमनलाई तीब्रता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ असार २०७९
    २६०२ पटक
    bajar anugamanभक्तपुर, १८ असार २०७९

    भक्तपुरमा बजार अनुगमनलाई तीब्रता दिइएको छ । उपभोक्ताको हितलाई मध्यनजर गरी बजार अनुगमनलाई तीब्रता दिइएको हो ।

    शुक्रवार भक्तपुरका सहायक सिडिओ माधवप्रसाद शर्मा घिमिरेको नेतृत्वमा रहेको सरोकारवाला सम्मिलित अनुगमन टोलीले भनपा १० कमलविनायकमा बजार अनुगमन गरेको थियो ।

    अनुगमन टोलीले कमलविनायकस्थित सूर्य हार्डवेयरलाई फलामे डण्डी नाप्ने यन्त्र नभएवापत पाँच हजार जरिवाना समेत गरेको छ । गोदाममा ट्याग नभएका २ ब्यान्डल डण्डी भेटिएपछि उक्त हार्डवेयर अनुगमन टोलीको फन्दामा परेको हो । हार्डवेयर संचालकले भने ग्राहकले फिर्ता गरेको डण्डी राखेको जिकिर गरेपनि त्यसलाई पुन बेच्दा नाप्ने आधार पुष्टि गर्न नसक्दा जरिवाना गर्नुपरेको सहायक सिडिओ शर्माले जानकारी गराए । हार्डवेयरलाई डण्डी नाप्ने तराजु खरिद गर्न निर्देशन समेत दिएईको छ ।

    त्यसैगरी, कमलविनायककै महालक्ष्मी मासुपसलले पसल नामसारी नगरेको, तराजु सम्बन्धित कार्यालयमा दर्ता नगरेको, कुखुरा,खसी र बंगुरको मासु एउटै फ्रिजमा राखेको, अस्वस्थकर मासु समेत बेच्ने मासु संगै राखेको लगायत पाइएपछि ३ हजार जरिवाना गरिएको छ । संचालकले केहि दिन अघि मात्र मासु पसल खरिद गरेको जिकिर गरेपछि अनुगमन टोलीले उनले पालन गर्नुपर्ने कामहरुबारे जानकारी गराउदै अर्को पटक आउँदा सबै नियम पालना गरेको नपाइएमा कडा कारवाही गर्ने चेतावनी दिएको थियो ।

    उक्त टोलीले खाद्यसामाग्री विक्री गर्ने केएम मार्ट र आरभ स्टोरमा समेत अनुगमन गरी प्याकेजिङ्गको स्वीकृती नलिई प्याकेजिङ्ग नगर्न र प्याकेटमा तौल, मूल्य र म्याद नाघ्ने समय स्पष्ट लेख्न निर्देशन दिएको थियो । त्यसैगरी केएम मार्टमा म्याद नाघेको पनिर पाइएपछि टोलीले नष्ट गरेको बताइएको छ ।

    उक्त टोलीले चाँगु नारायण आयल स्टोर्सको पनि अनुगमन गरेको थियो । नेपाल आयल निगमका प्रतिनिधिले तौल र गुणस्तर नाप्दा कुनै कैफियत नपाइएपछि उक्त स्टोर्सले क्लिन चिट पाएको थियो ।

    बजारमा एक्कासी पुगेको अनुगमन टोलीलाई देखेर व्यवसायी आत्तिएका देखिन्थे । पूर्व सूचना बिना अनुगमनमा आउँदा आवश्यक कागजपत्र देखाउन नसकिएको उनीहरुले जिकिर गरे । अनुगमनका क्रममा सहायक सिडिओ शर्माले अनुगमन गर्नै नपर्ने गरी व्यवसायिक मर्यादा पालन गर्न प्रेरित गर्दै अनुगमन व्यवसायीलाई दुख दिने नियतले नभई उपभोक्तालाई न्याय दिन गरिएको बताए । व्यवसायी पनि अरु बस्तुका लागि बजारका उपभोक्ता नै भएकाले सबैले व्यवसायिक मर्यादा पालन गर्नुपर्नेमा उनले जोड दिए ।

    उक्त अवसरमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका कार्यालय प्रमुख उमेशकुमार दाहाल,उपभोक्ता हित संरक्षण मंचका भक्तपुर अध्यक्ष मनोज थापा, नापतौल कार्यालयका प्रतिनिधि, उद्योग बाणिज्य संघ भक्तपुरका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरु लगायत सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...