News Portal

  • माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुरका नेता ढकालले दिए पार्टीलाई ६ बुँदे सुझाव

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २० असार २०७९
    ९०५ पटक
    भक्तपुर, २० असार २०७९

    नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रहेका भक्तपुरका युवा नेता डिपी ढकालले पार्टी लाई ६ बुँदे सुझाव दिएका छन् । केन्द्रीय समितिको बैठकमा सोमबार उनले ६ बुँदे सुझाव प्रस्तुत गरेका हुन् ।                                                                                                                                                      जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको संक्षिप्त राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले ३ मिनेटभित्र आफ्ना धारणा राखिरहेका छन् । यसैक्रममा अर्थराजनीतिक क्षेत्रका ज्ञाता समेत रहेका केन्द्रीय सदस्य ढकालले पार्टीलाई ६ बुँदे सुझाव दिएका छन् ।  बैठकमा बोल्दै भक्तपुरका नेता ढकालले भने, ‘ यो केन्द्रीय समितिलाई माओवादीको पुनरोदय कत्तिको सम्भव छ भन्ने कुरामा आत्मविश्वास कति पैदा हुन्छ भन्ने सवाल आजको पार्टी निर्माणको पेचिलो सवाल हो र जारी केन्द्रीय समितिको बैठकले यो सवालको प्रष्ट जवाफ दिएर निस्कनु पर्दछ ।’                                     यस्ता छन् नेता ढकालका सुझावः                                                                                १.पार्टी बारेः  क. पार्टीको पुनरोदय– २०७० र ०७ सालको निर्वाचनमा हाम्रो पार्टी तेस्रो स्थानमा रहन पुग्यो । तेस्रो स्थानमा पार्टी पुगेपछि माओवादीको पुनरोदय सम्भव छैन भन्ने मनोविज्ञान समाजमा जवरजस्ती स्थापना गराउन खोजियो । यो केन्द्रीय समितिको सवैभन्दा ठूलो चुनौती यो हो कि माओवादी पार्टी आफ्नो खुट्टामा उभिने मात्र हैन पुनरोदय सम्भव छ भन्ने सन्देश दिन सक्नुपर्दछ ।  यो केन्द्रीय समितिलाई माओवादीको पुनरोदय कत्तिको सम्भव छ भन्ने कुरामा आत्मविश्वास कति पैदा हुन्छ भन्ने सवाल आजको पार्टी निर्माणको पेचिलो सवाल हो । जारी केन्द्रीय समितिको बैठकले यो सावालको प्रष्ट जवाफ दिएर निस्कनु पर्दछ ।  माओवादीको जस्तै इतिहास भएको निकारागुवाको सान्डानिष्टा पार्टी शान्ति प्रकृयापछि १९८४ मा विजयी भयो, १९९०, १९९६ र २००१ को चुनावमा लगातार पराजित भयो । त्यसपछि २००६, २०११, २०१६ र २०२१ को चुनावमा लगातार विजयी भएको छ ।  तसर्थ एक दुई चरणका चुनाव हार्दैमा पार्टी सकिँदैन । मूलतः पार्टीले सिद्धान्त, र आफ्नो धार छोड्नु हुँदैन ।                                                                                                         २. पार्टीको धार बारेः संविधान निर्माणपछि माओवादीले जनतालाई आम रुपमा प्रभाव पार्नेगरि अभियान चलाउने अपिल गर्न सकेको छैन । अहिले पार्टीको छवि यो वा त्यो पार्टीको पछि लाग्ने र सत्तामा पुग्ने शक्तिको रुपमा बन्दै गईरहेको छ ।  पार्टीले स्वतन्त्र धार कायम गर्दै समाजवाद उन्मुख समृद्धिको अपिल धार स्थापित गर्नुपर्छ ।                                                                                                                                           ३. संगठनबारेः पार्टी भित्र पुरस्कार र दण्डको व्यवहारिक कार्यन्वयन हुनुपर्दछ । मेरिटोक्रेसि र लोकप्रियताको संयोजनगरि कार्यकर्ताको मुल्याङकन पद्धतिको विकास गर्दै पार्टीका हरेक निर्णय संस्थागत रुपमा गर्ने परिपार्टीको निर्ममतापूर्वक कार्यान्वयन गर्नुपर्दछ ।                                                      ४. पार्टी एकता र धु्रविकरणबारेः विभिन्न समूहमा छरिएका कम्युनिष्टहरुको एकतालाई समेट्ने हाम्रो नीति सही हुँदाहुँदै पनि पार्टीको धार नै भुत्ते हुने र पार्टीको पहिचान नै मर्नेगरि गरिने एकता वा धु्रविकरणले समस्या पार्नेरहेछ भन्ने कुरा व्यवहारबाट पुष्टि भईसकेको छ । तसर्थ पार्टीको नेतृत्व र राजनीतिक धार स्थापित हुनेगरि धु्रविकरण र एकतामा जोड दिनुपर्दछ ।                                                                                            ५. संसद र सरकारका कामबारेः  अहिले सम्म गरिएका संसदीय मोर्चाका कामको निर्मम समिक्षा गरौं । सरकारमा के काम गर्ने भन्ने कुराको ठोस कार्ययोजना बनाऔं । अहिलेसम्म सरकार र पार्टीको बीचमा प्रभावकारी समन्वय देखिदैन । अन्य पार्टीले गरेजस्तै आफ्नो निर्वाचन क्षेत्रमा बजेट हाल्न मात्रै सरकारमा जाने जस्तो बनेको छ । यसले सरकारको काम प्रभावकारी बन्न सकिरहेको छैन ।  मन्त्री, सांसद र एकाध पंहुचवाला बाहेकलाई पार्टी सरकारमा हुनु र नहुनुको तात्विक फरक महशुस हुन सकेको छैन ।  शान्ति प्रकृयाको सुरुवात देखि अहिले सम्मको सरकारमा सहभागिताको अवस्था हेर्ने हो  भने काँग्रेस र एमाले भन्दा पनि धेरै समय माओवादी सरकारमा रहेको देखिन्छ । तर यो अवधिमा माओवादीको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गराउने, जनतालाई डेलिभरी दिने र समाजवादको आधार तयार गर्ने काम के के भए ? यसको जवाफ कसले दिन्छ ?                                                                                                                                          ६. बहुमतीय प्रतिस्पर्धाबारे यो राजनीतिक व्यवस्थमा माओवादी कामकै हिसावले फरक हो भन्ने देखाउन जरुरी छ । त्यसका लागि सरकार संचालनलाई प्रभावकारी बनाउनु पर्दछ । देशको सर्वाङगिण विकास र शुसाशनको नमूना माओवादीले दिन्छ भन्ने सन्देश दिन माओवादीले सरकार संचालन गर्न पाएका सरकारहरुमा उदाहरणीय काम गर्नै पर्दछ । यसका लागि पार्टीले केन्द्रदेखि प्रदेश र स्थानीय तहको सरकार संचालनको प्रष्ट खाका बनाउन एक नीति सम्मेलन गरेर समाजवाद उन्मुख आर्थिक नीति तथा कार्यक्रम तय गर्ने र लागु गर्नुपर्दछ ।

    प्रतिकृया दिनुहोस्

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...

    नवलपरासीमा गाडिएको अवस्थामा बम भेटिए

    पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको सर्दीमा शनिवार बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी...

    माओवादी समाजवादीको एकता हल्ला मात्रै : बुढाथोकी

    नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ ले आफ्नो पार्टीको कसैसँग एकता नभएको बताएका छन्...

    Nepal Eco Panel has emerged as the best option for constructing school buildings

    Nepal Eco Panel has emerged as the best option for constructing school buildings quickly and...