News Portal

  • आधारभूत सिलाई, बुटिक र पाक शिक्षा तालिमका ५४ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २४ असार २०७९
    ११४६ पटक
    भक्तपुर, २४ असार २०७९

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा २०७८ पुस १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म सञ्चालित ६ महिने आधारभूत सिलाई, ६ महिने पाक शिक्षा तालिम र ६ महिने बुटिक तालिमका प्रशिक्षार्थीहरुलाई आज एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गरेका छन्।

    कार्यक्रममा प्रमुख प्रजापतिले, सीप नभएको व्यक्ति र पढाई सँगसँगै आफ्नो योग्यताअनुसार रोजगारी नपाएका व्यक्ति सामाजिक र आर्थिक रुपमा पछि पर्ने बताए। हातमा सीप भएको व्यक्ति जुनसुकै क्षेत्रमा अगाडि बढ्न उनल आधुनिक युगको विकाससँगै प्राविधिक ज्ञानको आवश्यकता पनि बढ्दै गएको जानकारी दिएका छन्।

    उनले आर्थिक रुपमा परनिर्भर देश कहिल्यै पनि स्वतन्त्र रुपमा अगाडि बढ्न नसक्ने र हातमा सीप नभएको व्यक्ति कुनै पनि क्षेत्रमा काम नलाग्ने हुँदा युवाहरुले समयसापेक्ष तालिमहरु लिएर आफूलाई आत्मनिर्भर बनाउनुपर्ने बतएका छन्।
    महिलाहरु पनि पुरुषसरह सामाजिक र राजनैतिक क्षेत्रमा अगाडि बढ्दै जान सके समाज पनि स्वतःस्फूर्त रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाभित्रका सम्पदाहरु जनसहभागिता र जनश्रमदान पुनःनिर्माण भएकै आज ख्वप मोडल अगाडि बढिरहेको प्रष्ट पारेका छन्।

    सरकारले युवाहरुको योग्यता, क्षमता र अनुभवलाई अवमूल्यन गरेकै कारण स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै लाखौं युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य भएका र उनले देशलाई आत्मनिर्भर बनाउन सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताए ।
    भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाले युवाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेको बताउनुहुँदै भक्तपुर नपाले यस आ.व. को नीति तथा कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका युवा तथा व्यवसायीहरुको लागि उद्यमशीलता कोषको व्यवस्था गरेको जानकारी दिएका छन् ।

    कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैंया सुवालले नपाबाट सञ्चालित तालिमहरु उपलब्धीमूलक भएको र कार्यपालिका सदस्य छोरीमैंया सुजखु र वडा सदस्य सुमित्रा बोहजू, प्रशिक्षार्थीका तर्फबाट प्रमिला लघु र प्रशिक्षकका तर्फबाट धर्मलक्ष्मी लघुले तालिमको महत्वबारे आ–आफ्नो धारणा राखेका छन् ।

    भक्तपुर नपाको आयोजनामा २०७८ पुस १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म सञ्चालित ६ महिने आधारभूत सिलाई तालिममा २३ जना प्रशिक्षार्थी, ६ महिने पाक शिक्षा तालिमका २० जना प्रशिक्षार्थी र ६ महिने बुटिक तालिमका ११ जना गरी जम्मा ५४ जना प्रशिक्षार्थीहरुले तालिम प्राप्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...