News Portal

  • नेपाली कांग्रेस सूर्यविनायक नगर परिषद बस्ने मिति तय

    भक्तपुरपोस्ट संवाददातासूर्यविनायक, २७ असार २०७९
    ११४७ पटक
    सूर्यविनायक, २७ असार २०७९

    नेपाली काँग्रेस सूर्यर्यबिनायक नगर परिषद भदौ १७ र १८ गते गर्ने निर्णय गरिएको छ । आइतबार बसेको नगर कार्य समितिको बैठकले परिषद बैठकबारे निर्णय गरेको हो ।                                                                                                          कार्यवाहक सभापति रमण कायस्थको सभापतित्वमा बसेको बैठकले भदौ १७ र १८ गते नगर परिषद बस्ने निर्णय गरेको प्रवक्ता रमेश खड्काले जनाएका हुन् । शारीरिक अस्वस्थताका कारण नगर सभापति निसान ढुङ्गेल बैठकमा उपस्थित हुन नसकेपछि  कार्यवाहक जिम्मेवारी पाएका कायस्थको सभापतित्वमा बैठक बसेको हो ।    बैठकले नगर सभापति ढुङ्गेलको स्वास्थ्य लाभको कामना गर्नुका साथै जिल्ला सभापति दुर्लभ थापाको अमेरिका भ्रमणको समेत सफलताको कामना गरेको प्रवक्ता रमेश खड्काले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...