News Portal

  • भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २७ असार २०७९
    ५९४ पटक
    भक्तपुर, २७ असार २०७९

    भक्तपुरमा १६ वर्षीया एक किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। किशोरीलाई सूर्यविनायक नगरपालिका १० चित्तापोलस्थित पिसफुल रिसोर्टमा बलात्कार गरेको अभियोगमा युवक पक्राउ परेका हुन् ।

    युवतीले आफूमाथि आइतबार बलात्कार भएको प्रहरीलाई बताएसँगै प्रहरीले युवकको खोजी कार्य अघि बढाएको थियो। आरोपी २७ वर्षका युवकलाई चाँगुनारायण ९ ताथलीबाट प्रहरीले पक्राउ गरेको डिएसपी राजु पाण्डेले पुष्टि गरेका छन् । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    सेक्युरिटी प्रिन्टिङ प्रेसमा दोषी ठहर इन्जिनियरले गरे भक्तपुरस्थित आफ्नै निवासमा आत्महत्या

    भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी करार गरेपछि एक सरकारी कर्मचारीले आत्महत्या गरेका छन् । सेक्युरिटी...

    सिरोहियाको पक्षमा उभिए सांसद थापा : ओलीमाथि आक्रोश, प्रचण्डप्रति गुनासो

    नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष...

    अनुमती मागेरै रोए प्रअ महर्जन

    ललितपुर, १० जेठ २०८१ । मञ्च धुमधामले सजाइएको थियो । छेउमै नौमति बाजा घन्किरहेको थियो...

    स्थानीयले नियन्त्रणमा लिए मालबाहक टिपर

    बिशाल बस्नेत, महोत्तरी । अवैधानिकरुपमा नदीजन्य  पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानीयहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई...

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...