News Portal

  • भक्तपुर एमालेका नगर कमिटी सदस्य खरेल सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २८ असार २०७९
    ९८३ पटक
    भक्तपुर, २८ असार २०७९

    नेकपा( एमाले) मध्यपुर थिमि नगर कमिटी सदस्य बेदप्रसाद खरेल सहित नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

    एमाले परित्याग गर्दै खरेल सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा उनीहरू एमाले परित्याग गर्दै माओवादी केन्द्रमा समाहित भएका जिल्ला संयोजक सुनिल बासुले बताए । खरेल सहित एक दर्जन कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका उनले पुष्टि गरे ।

    पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, पोलिट्ब्युरो सदस्य दिलिप प्रजापति केन्द्रीय सदस्य्द्वय देवेन्द्र श्रेष्ठ र डिपी ढकाल त्यसैगरी अर्का केन्द्रीय सदस्य एवम् वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखा लगायतको उपस्थिति रहेको भक्तपुर वाइसीएल अध्यक्ष नरेश रन्जितले जानकारी दिए ।       

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...