News Portal

  • समाजमा सकारात्मकता फैलाउन प्रेस काउन्सिल अध्यक्षको आग्रह

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ असार २०७९
    ४५५ पटक
    भक्तपुर, २९ असार २०७९

    प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा सकारात्मकता फैलाउन सञ्चारकर्मीसंग आग्रह गरेका छन् । नकारात्मक समाचार मात्र खोज्दा समाजमा निराशा देखिएको दावी गर्दै अध्यक्ष बस्नेतले समाजलाई आशावादी बनाउने तर्फ सञ्चारकर्मीले योगदान गर्नुपर्ने आवश्यकता औल्याएका हुन् ।

    मंगलबार भक्तपुरबाट प्रकाशित हुने पत्रपत्रिकाको अनुगमनपछि आयोजित कार्यक्रमलाई दुधपाटीमा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले सञ्चार माध्यमले नकारात्मक समाचार मात्र खोज्ने नभई सकारात्मक समाचारको समेत खोजी गरी प्रचारप्रसार गर्नुपर्ने धारणा ब्यक्त गरे । पत्रकार देखेर भाग्ने होइन, पत्रकार देख्दा खुशी हुने वातावरण बनाउनुपर्नेमा जोड दिदै उनले  समाजलाई परिवर्तनप्रति प्रेम र बिश्वास जगाउने खाले समाचार सस्प्रेषण गर्नुपर्ने बताए ।

    स्थानीय सरकारका असल अभ्यासहरु सार्वजनिक गरी त्यसलाई देशभर लागू गर्न प्रोत्साहित गर्ने काम पनि सञ्चार क्षेत्रको भएको उनको भनाइ छ । उनले अनलाइनमा आएकै समाचारको पछि लाग्ने भन्दा भिन्नै महत्वका नयाँ नयाँ विषय पस्कन सके अझैपनि पत्रपत्रिका खोजीखोजी पढ्ने वातावरण बन्ने बताएका थिए ।                     

    अध्यक्ष बस्नेतले काउन्सिलको आफ्नो कार्यकाल सञ्चार क्षेत्रको बिकास तथा पत्रकारको हित र क्षमता अभिबृद्धिमा उल्लेखनीय हुने दावी गर्दै आफ्नो सिङ्गो टिम सञ्चार क्षेत्र र पत्रकारको रक्षा गर्नुपर्ने विषयमा एकतावद्ध रही कार्य गरिरहेको जिकिर गरे ।

    उक्त अवसरमा काउन्सिलका सदस्यद्वय गोपाल बुढाथोकी र ठाकुर बेलबासेले उठेका जिज्ञासाका जवाफ दिदै काउन्सिलको विविध गतिविधिबारे प्रष्ट पारेका थिए । कार्यक्रममा प्रक्षेपण दैनिकका विकल श्रेष्ठले काउन्सिलले राससको समाचार लेख्दा पनि हुबहु पार्ने गरेको गुनासो गरे । मजदुर दैनिकका सरोजराज गोसाइँले पत्रकारिता निस्पक्ष नहुनेमा जोड दिदै जनपक्षीय पत्रपत्रिकालाई काउन्सिलले विशेष संरक्षण गर्नुपर्ने बताए । न्यातापोला एक्स्प्रेस दैनिकका विश्वराम दुवालले काउन्सिलले सिकाउदै अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।

    त्यसैगरी साप्ताहिक तर्फ धरहरा टाइम्सका रमेश खड्काले पत्रपत्रिकाको मूल्यांकन बिज्ञ टोलिले मात्र गर्नुपर्नेमा जोड डिदै त्यसमा ब्यापारीलाई सामेल गर्नु नहुने माग गरे । स्टार एक्स्प्रेसका प्रविन जोशीले जेष्ठ पत्रकारले चलाएका पत्रपत्रिकालाई आरक्षण र संरक्षणको नीति अपनाउन आग्रह गरे । हाम्रो समाजका मणिराम लामिछानेले लोककल्याणकारी बिज्ञापन वापतको रकम एक दशक देखि नबढाएको प्रति दुख ब्यक्त गरे । समय समाजकी सिर्जना तिमल्सिनाले मूल्यांकन विधि हतोत्साहित बनाउने खालको भएको गुनासो गरिन ।                                            काउन्सिलका मूख्य अधिकृत झविन्द्र भुसालले संचालन गरेको कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ भक्तपुरका कावा अध्यक्ष सुन्दर सिल्पकारले गरेका थिए । कार्यक्रममा महासंघका सचिव संजीप घिमिरे शुभचिन्तकले काउन्सिलले जिल्ला शाखालाई जिम्मेवारी दिए जिल्लास्थित पत्रपत्रिका वर्गीकरणमा सघाउन आफूहरू तयार रहेको जानकारी गराएका थिए । उक्त अवसरमा महासंघका सल्लाहकार पुस्करराज बुढाथोकी र रमेश गिरी त्यसैगरी रास्ट्रिय सञ्चार केन्द्रका पेशल आचार्य लगायतले काउन्सिल जिल्लामै आएर आचार संहिता र वर्गीकरण लगायतका विषयमा सुझाव लिनु स्वागतयोग्य भएको बताए । उक्त अवसरमा यस्ता खाले कार्यक्रमले सञ्चार क्षेत्रको समस्या बुझ्न र त्यसको समाधान गर्न सहयोग मिल्ने बिश्वास ब्यक्त गरिएको कार्यक्रम संयोजक संस्था नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नर्सिङ्ग पढाउछौं : सांसद थापा

    durlab

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमि नगरपालिकाको नेपाल कोरिया मैत्री नगर अस्पताललाई स्वास्थ्य शिक्षासंग...

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...

    गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष...

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...