News Portal

  • भक्तपुरको रोम्बस स्कुलले अब राजधानी कलेज सञ्चालन गर्ने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३० असार २०७९
    ५९१ पटक
    भक्तपुर, ३० असार २०७९

    भक्तपुरको रोम्बस सेकेण्डरी स्कुलले अब राजधानी कलेज सञ्चालनमा ल्याउने भएको छ । आज बिहिबार रोम्बस हलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानाध्यापक राजेन्द्र कोजुले उक्त जानकारी गराएका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक कोजुले विगत ३ वर्षदेखिको निरन्तर प्रयासपछि कलेज सञ्चालनमा ल्याउन सफल भएको बताए । ‘कुल २६ आना जग्गामा ४ वटा भवन, ५५ कर्मचारी, ५ वटा बस लगायतको पर्याप्त भौतिक पुर्वाधारको सुविधा भइसकेको छ ।’उनले भने,‘अब छिटै कलेज सञ्चालनमा ल्याउने छौ । करिब ७ सय विधार्थी अध्ययनरत रोम्बस सेकेण्डरी स्कुलको बलियो जगमा राजधानी कलेज सञ्चालन हुने र यसले छोटो समयमा नै सफलता प्राप्त गर्नै विश्वास लिएका छौ ।’

    चाँगुनारायण नगरपालिका ७ कमलविनायकमा कलेज रहनेछ । यस वर्षदेखि कक्षा ११ मा व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र, कानुन संकायमा पठनपाठन हुनेछ । गरिब तथा जेहेन्दार विधार्थीहरुलाई व्यापक छात्रवृत्ति दिने योजना पनि रहेको प्रधानाध्यापक कोजुले जानकारी दिए ।

    विज्ञप्ति हेर्नुहोसः

    Management.pdf

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...