News Portal

  • एमाले कार्यकर्ता गभर्नरलाई पदमुक्त गर्न भक्तपुर सिडिओ मार्फत वाइसीएलले पठायो प्रमलाई पत्र

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३२ असार २०७९
    १३०६ पटक
    भक्तपुर, ३२ असार २०७९

    नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसीएल नेपालको भक्तपुर जिल्ला समन्वय समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । भक्तपुर सिडिओ रुद्रादेवी शर्मा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पत्र पठाउदै गभर्नर अधिकारीलाई अविलम्ब पदमुक्त गर्न माग गरिएको हो ।

    वाइसीएल नेपाल भक्तपुरका संयोजक नरेश रन्जित र इन्चार्ज दिनेश थपलियाद्वारा हस्ताक्षर गरिएको पत्रमा  गभर्नर अधिकारीले नेकपा एमालेको अर्थ समितिमा रहेर पार्टीको इशारामा देशलाई टाट पल्टाउन खोजेको आरोप लगाइएको छ ।

    प्रेषित पत्रमा राष्ट्र बैंकको प्रमुख पदमा बसी पार्टीको अर्थ विभागमा रहेर राष्ट्रको भन्दा पनि पार्टीको काममा बढी सक्रिय र दलको प्रभावमा परी दल विशेषको संंगठनात्मक जिम्मेवारी पदमा बसेर मुलुकको अर्थतन्त्र तहसनहस पर्ने प्रयास गर्नु र नेपाल श्रीलंका जस्तो हुँदैछ भनेर जनमानसमा त्रासको वातावरण सिर्जना गर्नु गभर्नरको पदीय मूल्य मान्यताविरुद्ध भएको ठहर गरिएको छ ।

    No description available.

    साथै पत्रमा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ को व्यवस्था प्रतिकूल हुने गरी भएको अधिकारीको नियुक्तिको समेत बदर गर्न माग गरिएको छ ।

    अधिकारीको विवादास्पद अभिव्यक्तिकै कारण शेयरबजारमा पनि प्रतिूकल असर परिरहेको, देशमा महँगी बढेको, उद्योग धन्धा दराशायी भएको र देश श्रीलंका बन्नेजस्तो गैर जिम्मेवार अभिव्यक्ति दिदै गभर्नरले जनमानसमा त्रास फैलाउदै हिडेको समेत कारणले उनलाई पदमुक्त गर्न प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई अनुरोध गरिएको वाइसीएल भक्तपुरका संयोजक नरेश रन्जितले पुष्टि  गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...