News Portal

  • बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा भक्तपुर भ्रमणमा

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,३ साउन २०७९
    ११०० पटक
    भक्तपुर,३ साउन २०७९

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सोमबार भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल र शैक्षिक संस्थाहरुको स्थलगत अवलोकन गरेका छन्।

    मन्त्री लामालाई प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकामा पुष्पगुच्छासहित भादगाउँले टोपी र खादाले स्वागत गरेका थिए । स्वास्थ्यमन्त्री लामाको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले बागमती प्रदेशको १ सय १९ स्थानीय तहमध्ये आफ्नो छुट्टै पहिचान र सांस्कृतिक नगरीको रुपमा चिनाउन भक्तपुर सफल भएको भनेका छन्। भक्तपुरको विकास र प्रगतिबाट आफू निकै प्रभावित भएको उनले b ताएका छन् । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको लागि आवश्यक स्वास्थ्य उपकरणहरुबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउदै उनले सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता समेत प्रकट गरे ।

    भक्तपुरका सांस्कृतिक एवम् पुरातात्विक सम्पदाहरुप्रति अपनत्व बढेको बताउदै मन्त्री लामाले इमानदार जनप्रतिनिधिको पहलकै कारण भक्तपुरले आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको बिश्वास ब्यक्त गरे । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुले भक्तपुर भ्रमणलाई प्राथमिकतामा राखी यहाँ घुम्न आउने गरेको स्मरण गर्दै मन्त्री लामाले भक्तपुर नपाले शिक्षा क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय जस्तै अब स्वास्थ्य क्षेत्रमा पनि यस्तै प्रगति गर्दै जाने विश्वास व्यक्त गरेका थिए क्क्क।

    बागमती प्रदेशले क्यान्सर रोगी बिरामीहरुको लागि रु. ५० हजारको आर्थिक सहयोगलाई निरन्तरता दिँदै आएको पनि उनले जानकारी गराए । विद्यालय नर्स कार्यक्रमलाई अझ व्यापकता दिँदै जाने योजना साथ अघि बढिरहेको मन्त्री लामाको भनाइ छ ।                                                                 उक्त अवसरमा नगर प्रमुख प्रजापतिले ख्वप अस्पताललाई १०० शैय्याको स्वीकृतीको लागि सहयोग गरेकोमा मन्त्री लामा र प्रदेश साँसदहरुलाई धन्यवाद दिदै उक्त अस्पतालले गत आ.ब. ४५ भन्दा बढी जिल्लाका १ लाख ७० हजार भन्दा जनतालाई सस्तोमा स्तरीय स्वास्थ्य सेवा प्रदान गरेको अवगत गराए । उनले ख्वप अस्पतालले दैनिक ७ सय भन्दा बढी बिरामीहरुको सेवा गरिरहेको पनि सो अवसरमा जानकारी दिएका छन् ।

    ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु सहयोगको लागि संघ र प्रदेश सरकार समक्ष पटक पटक अनुरोध गरेको र उनले सिटीस्क्यान, एमआरआइ जस्ता स्वास्थ्य सामग्री नहुँदा जनताले धेरै दुःख पाइरहेको उल्लेख गरेका छन् । भक्तपुर नगरपालिकाले व्यापक जनताको हितको निम्ति शिक्षा र स्वास्थ्यजस्ता विषयहरु न्यून शुल्कमा स्तरीय सेवासुविधा प्रदान गर्दैसमाजवाद उन्मुख दिशातर्फ अगाडि बढिरहेको प्रष्ट पारेका छन्।

    प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने चरणमा नगरपालिका प्रवेश गरिसकेको बताएका छन्। । आत्मनिर्भर अर्थतन्त्रको विकासले मात्रै देशको विकास सम्भव हुने बताउदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले विदेशीको सहयोगविना भक्तपुरका जनताको आफ्नै पहलमा क्षतिग्रष्ट १२६ वटाभन्दा बढी सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको बताएका छन् ।

    कार्यक्रममा नगर प्रमुख प्रजापतिले सांस्कृतिक सहर भक्तपुरको संक्षिप्त परिचय तथा विशेषताबारे अवगत गराउदै र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज र अस्पतालबाट प्रवाहित सेवा सुविधाबारे पनि अवगत गराएका छन् ।

    सोही क्रममा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले अन्तर्राष्ट्रिय जगतबाट भक्तपुरको विकास र समृद्धिबारे राम्रो मूल्यांकन भइरहेको बताएका छन् । नगरपालिकाको आफ्नै प्रयासबाट पुनःनिर्मित भक्तपुरका सम्पदाहरु विश्वमै गौरव गर्न लायक भएको बताए । प्रदेश सरकारबाट ख्वप अस्पतालको लागि हुने सहयोगले नगर र नगरबासीका साथै विभिन्न जिल्लाबाट आएका बिरामीहरुको समेत हित हुने बताउदै उनले भक्तपुरको पर्यटन र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै लानुपर्ने बताएका छन् ।

    कार्यक्रमपश्चात स्वास्थ्यमन्त्री लामाले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा मावि, शारदा कलेज, ख्वप अस्पताल, ब्रम्हायणीस्थित ख्वप अस्पताल अन्तरंग सेवा, श्वासप्रश्वास पुनःस्थापना केन्द्र, ख्वप इन्जिनियरिब कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिबको अभिरुचिपूर्वक स्थलगत अवलोकन भ्रमण गरे । अवलोकनका क्रममा स्वास्थ्यमन्त्री लामाले नगरपालिकाबाट सञ्चालित कलेज तथा अस्पताल स्थापनाको उद्देश्य र त्यहाँबाट प्रवाहित सेवा तथा सुविधाहरुबारे जानकारी लिएका छन् ।

    उक्त कार्यक्रममा नेमकिपा बागमती प्रदेशका सभासद् सृजना सैंजु , भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र प्रशासकीय अधिकृत दामोदर सुवालको पनि उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...