News Portal

  • पत्रकारिताका विद्यार्थीहरुलाई काउन्सिलमा आचारसंहिता अभिमुखीकरण

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ५ साउन २०७९
    ४४० पटक
    भक्तपुर, ५ साउन २०७९

    प्रेस काउन्सिल नेपालले वागीश्वरी कलेजका विद्यार्थीहरुलाई पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रताका विषयमा बुधबार अभिमुखीकरण गराइएको छ । कलेजका पत्रकारिता तथा आमसञ्चार विभागका विद्यार्थीहरुलाई काउन्सिलले सञ्चारग्राममा अध्ययन भ्रमण गराइ अभिमुखीकरण गराएको हो ।

    सो अवसरका काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस स्वतन्त्रता प्रजातन्त्रको जग भएको र यसको भरपुर उपयोग गराउन पत्रकार र पत्रकारिता अध्ययनरत विद्यार्थीहरु लागि पर्नुपर्ने धारणा राखेका छन् ।

    बागीश्वरी कलेज पत्रकार उत्पादन गर्ने थलोको रुपमा प्रसिद्धि हुँदै गएको र काउन्सिलले वर्षेनी कार्यरत एकता गर्दै जाने स्पष्ट पार्दै उनले भने,‘ मिडिया साक्षरताका लागि पत्रकारिता विद्यार्थीहरुले आ–आफ्नो क्षेत्रबाट गर्न सक्ने र मिडियाबाट जनतालाई समस्या भए काउन्सिलमा उजुरी गर्न सिकाउनुपर्दछ । ’

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता स्वतन्त्र हुनुपर्ने र पत्रकारिता गर्दा पत्रकार आफै पनि स्वतन्त्र हुनुपर्ने बताएका छन् । बागीश्वरी कलेजले पत्रकार उत्पादनका लागि विद्यार्थीहरुलाई उत्प्रेरणा दिइ अध्ययन भ्रमणका साथ अभिमुखीकरण गर्दै आएकोमा खुशी प्रकट गरका छन्।

    प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले, प्रेस काउन्सिलमा स्वागत गर्दै आचारसंहिता हरेक क्षेत्रमा रहेको र पत्रकारिता क्षेत्रमा झनै स्पष्ट रुपमा रहेको बताए । विद्यार्थीहरुलाई अभिमुखीकरण गराउँदै प्रेस काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले पत्रकार र सञ्चारमाध्यमले गर्न हुने काम १४ ओटा र गर्न नहुने १४ ओटा कामका बारेमा प्रशिक्षण दिएका छन् । मिडिया अनुगमन निरन्तर रुपमा अनलाइन प्रविधिबाट भइरहेकाले मिडियाहरुले जे पायो त्यहि गर्न नसक्ने स्पष्ट पारे । नेपालमा ८ हजार छापा, ११ सय रेडियो, डेढसय टेलिभिजन र ३ हजार ५ सय ओटा अनलाईनहरु दर्तामा देखिएको जानकारी दिएका छन् ।

    काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लले मिडिया अनुगमन निरन्तर रुपमा भइरहेको र अटोमेटिक रेकर्ड हुने सिस्टमका साथ कार्य भइरहेको बताएका छन्। काउन्सिलका वरिष्ठ प्रशासन सहायक महेन्द्रराज सिंह र मिडिया अनुमगनकर्ता राजन सिंहले आफूहरुले मिडिया र पत्रकारिताको अध्ययन वागीश्वरी कलेजमा नै गरेको र आफूहरुका सहपाठीहरु विभिन्न मिडियाहरुमा पाउँदा गर्वको अनुभुति हुने गरेको बताएका छन् ।

    वागीश्वरी कलेजका पत्रकारिता तथा आमसञ्चार शिक्षक पूर्णभक्त दुवालले विद्यार्थीहरुलाई अभिमुखीकरण गरेर भविष्यका पत्रकारहरुलाई थप सचेत बनाएकोमा प्रेस काउन्सिललाई धन्यवाद ज्ञापन गरका छन्।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...