News Portal

  • सापारुको तयारीमा संस्कृतिकर्मीहरुको भेला

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ६ साउन,२०७९
    ५९५ पटक
    भक्तपुर, ६ साउन,२०७९

    भक्तपुर नगरपालिकाले २०७९ सालको गाईजात्रा पर्व (सापारु) मा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहżको तयारीस्वरुप बिहीबार संस्कृतिकर्मीको भेला गरेको छ ।नगरका दाफा, भजन, सांस्कृतिक टोलीलगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरेको बताउदै यस पटकको गाईजात्रा सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने उद्देश्यले संस्कृतिकर्मी भेलाको आयोजना गरेको बताएका छन् ।

    उनले यो वर्षको सापारुमा बढीभन्दा बढी सांस्कृतिक गतिविधिहरु प्रदर्शनीका लागि नगरबासीहरुलाई उत्साहित गर्नुपर्ने बताएका छन्। गाईजात्रामार्फत जनतालाई राजनीतिक र सामाजिक रुपमा सचेत बनाउँदै लानुपर्नेमा जोड दिएका छन् ।

    शिक्षा क्षेत्रमा अगाडि बढेको देशको प्रगति पनि छिटो हुने बताए। प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण र सरसफाईलगायतका क्षेत्रमा देशकै लागि उदाहरणीय रुपमा काम गरिरहेको अवगत गरेका छन् ।

    कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले जात्रा र संस्कृतिक परम्परादेखि चल्दै आएको हाम्रो सभ्यता भएको बताउदै,यसको संरक्षण र प्रवद्र्धनमा सिंगो नगरलाई एकताबद्ध भई अगाडि बढन्पर्ने बताएका छन्।

    भेलामा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नजिकिँदै गरेको गाठामग चह्रे र सापारुमा आउन सक्ने विकृतिबारे सबैजना सचेत हुनुपर्ने बताएका छन्। कार्यक्रममा विभिन्न विधाका संस्कृतिकर्मीहरुले संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्यहरु प्रशंसनीय रहेको, नयाँ कलाकारहरुलाई परम्परागत नाँच सिकाउन सुरु गरिसकेको, भक्तपुर महोत्सव सञ्चालन गर्नुपर्ने, सांस्कृतिक गुरुहरुको सम्मान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, घिन्ताकघिसी नाचमा देखिएका विकृति रोक्न नगरपालिकाले पहल गर्नुपर्ने, परम्परागत बाजाहरुको संरक्षण गर्नुपर्ने, लोप भएका संस्कृति तथा बाजागाजा उत्थान गर्न आर्थिक सहयोगको खाँचो रहेको, पर्यटकहरुलाई आकर्षण गर्न सांस्कृतिक प्रदर्शनी गर्नुपर्ने, गाइजात्रा रुटमा केबल तारहरुको उचित व्यवस्थापन गर्नुपर्नेलगायतका धारणाहरु व्यक्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...