News Portal

  • नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्छः प्रेम सुवाल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ६ साउन २०७९
    ५९५ पटक
    भक्तपुर, ६ साउन २०७९

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने बताएका छन् ।

    आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् । नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृतिबारे लिखित र अन्तर्वार्ता परीक्षा उत्तीर्ण गरेमा नेपालको कृत्रिम नागरिकता दिनुपर्ने उनले बताए । यस्तै सांसद सुवालले नागरिकता विधेयकलाई फास्ट ट्र्याक बाट पारित गर्नु देशको हितमा नभएको बताए । नागरिकता विधेयक फास्ट ट्र्याक बाट पारित गर्न खोज्नु देशको हितमा नभएको उनको भनाइ छ ।उनले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने बताए ।

    नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने सांसद सुवालको भनाइ छ । आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने उनले बताए । जन्मको आधारमा दिएको नागरिकता विदेशीले पनि पाएकाले छानबिन गरी खारेज गर्नुपर्ने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...