News Portal

  • सल्लाघारीमा निधन भएकाहरुप्रति नगर प्रमुख प्रजापतिद्वारा समवेदना प्रकट

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ९ असार २०७९
    ७०८ पटक
    भक्तपुर, ९ असार २०७९

    भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीमा आज दिनको करिब १२ः३० बजे सल्लाको रुख ढली एक स्कुटर र मिनिबसमा सवार मध्ये चाँगु नपाका न्हुछेराम बखाद्यो, भक्तपुरका विशेष खर्बुजा र सर्लाहीको हरिवन नपा ४ का राजकुमार भुजेल ३ जनाको निधन भएकोप्रति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले बसमा सवार १२ जना घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

    घटनाको जानकारी पाएलगत्तै प्रमुख प्रजापति घटनास्थल र बिरामीहरु रहेको इवामुरा अस्पताल पुगी मृतक र घाइतेहरुको स्थिति बुझका थिए । उनले अस्पतालका डाक्टरहरुलाई भेटी सम्भव सबै उपाय अपनाएर घाइतेहरुको उपचार गर्न निर्देशन दिएका छन्।

    उनले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नेपाली सेनाका कर्णेल सन्तोष कार्की समेतसँग तत्काल सम्पर्क गरी उचित व्यवस्थापनबारे परामर्श गरेका छन्। सरोकारवाला निकायबीच समन्वयपश्चात त्यस्ता घटनाहरु दोहरिन नदिन सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरु प्रकृति प्रतिकूल नहुने गरी हटाउने सहमति भएको नगर प्रमुख प्रजापतिले जानकारी दिएका छन्।

    यस दुर्घटनालाई लिएर भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले घटनाबारे सत्य तथ्य नबुझी हचुवाको भरमा भक्तपुर नगरपालिकाको लापरबाही भनी संसदमा बोलेका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...