News Portal

  • छात्रामा अज्ञात रोग देखिएपछि दार्चुलामा विद्यालय बन्द

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१४ साउन २०७९
    ४१३ पटक
    भक्तपुर,१४ साउन २०७९

    अज्ञात रोगले छात्रा बिरामी पर्न थालेपछि दार्चुलाको एक विद्यालय बन्द गरिएको छ। अपि हिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माविका अध्ययनरत छात्रामा एक्कासी छट्पटाउने, मुर्छा पर्ने, रूने, कराउने तथा भीडभाडदेखि डराउने लक्षणहरू देखिएपछि विद्यालय १३ गतेदेखि बन्द छ।

    विद्यालयका प्रधानाध्यापक खडकसिंह लोथ्यालका अनुसार छात्राको स्वास्थ्य अवस्थामा सुधार भए साउन १७ गतेदेखि विद्यालयको पठनपाठन सुचारू गरिनेछ। विद्यालय बन्द भएपछि साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिकको परीक्षासमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

    छात्राको स्वास्थ्य अवस्थाबारे बुझ्ने काम भइरहेको विद्यालय प्राधानाध्यापक लोथ्यालले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...