News Portal

  • भक्तपुर आएका सचिव पोखरेलको सुझाव : ग्रील ग्राम तोकौँ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१५ साउन २०७९
    ६३१ पटक
    भक्तपुर,१५ साउन २०७९

    उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले ग्रील ग्राम तोक्नेतिर लाग्न व्यवसायीहरुलाई सुझाव दिएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २७ औ साधारणसभाको शनिबार भक्तपुरमा उदघाटन गर्दै सचिव पोखरेलले उक्त सुझाव दिएका हुन् ।                                                                                                                   ग्रीलको महत्व अत्याधिक रहेकोले छुट्टै औद्योगिक ग्रामको आवश्यकता औल्याउँदै उनले भने, “अव तपाईहरुले हामी यहाँं वस्छौं भनी अधिकार स्थापित गर्नुपर्यो  जुन ठाउँंमा एक दुई सय ग्रील र स्टिल उद्योगहरु एकैठाउँंमा होस् र बस्तीमा असर पनि नपुगोस ।” कार्यक्रममा उनले महासंघका उत्कृष्ट इकाइहरुलाई प्रमाणपत्रबाट सम्मानित समेत गरेका थिए ।                                             

    महासंघका अध्यक्ष प्रदीप कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ लगायतले ग्रिल व्यवसायीका विभिद् समस्याहरुबारे सरकारको ध्यानाकर्षण गराए । उनीहरुले ग्रिल व्यवसायीको हितलाई सरकारले ध्यान दिन नसकेको र साना लगानीको सुरक्षा नगरेको गुनासो गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...