News Portal

  • स्थानीयलाई थाहा दिन पुस्तकको रुपमा मध्यपुर थिमिको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता मध्यपुर थिमि, २५ साउन २०७९
    ९१० पटक
    madhyapur thimi municipalityमध्यपुर थिमि, २५ साउन २०७९

    मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट औपचारिकरुपमा सार्वजनिक गरेको छ । बुधवार एक कार्यक्रमका बीच नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो ।

    नगरपालिकाको गत असार २० गते सम्पन्न छैंटौं नगरसभाले पारित नीति तथा कार्यक्रम र बजेट चालु आर्थिक वर्षबाट कार्यान्वयनमा समेत आइसकेको छ । स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटबारे स्थानीय जनतालाई थाहा दिन पुस्तकको रुपमा सार्वजनिक गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको गत असार १० गते सम्पन्न छैंटौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रम र बजेटलाई पुस्तकको रुपमा सार्वजनिक गरेको हो । उक्त पुस्तक नगरपालिका र वडाबाट लिएर हेर्न मिल्ने प्रवन्ध मिलाइएको प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले बताए ।

    सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले चालु आर्थिक वर्षमा विकास बजेटलाई सदुपयोग गर्ने प्रतिवद्धता प्रकट गरे । बजेट सक्न आर्थिक वर्षको अन्त्यतिर गरिने बिकास निर्माणलाई निरुत्साहित गर्दै यस वर्षबाट विकास बजेटको खर्च बढाउन भदौ महिनादेखि नै योजनालाई प्रभावकारी कार्यान्वयनमा लैजाने उनले प्रष्ट पारे । यसवर्ष जेठ महिनाभित्र सबै योजनाको काम सम्पन्न हुने गरी योजना कार्यान्वयनमा लैजान वडा अध्यक्षहरु र कर्मचारीहरुलाई प्रमुख श्रेष्ठले निर्देशन समेत दिएका थिए ।

    नगरप्रमुख श्रेष्ठले आफूहरु निर्वाचित भएर आएको दुई महिनामै ४ वटा ऐन निर्माण गरी नगरसभाबाट पारित गरिएको, मध्यपुर थिमि नगरवासीलाई कुनै पनि रोगको उपचारका लागि आवश्यक रगत नेपाल रेडक्रस सोसाईटी भक्तपुरसँगको सहकार्यमा निःशुल्क प्रदान गर्ने व्यवस्था गरिएको, नगरका ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मिर्गौलाको डायलासिस सेवा सञ्चालन अन्तिम चरणमा पुर्याएको, स्वबासी जग्गा दर्ताको लागि आवश्यक पहल गरिएको जस्ता जनमुखी कार्य अघि बढाएको पनि बताए ।

    कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले चालु आर्थिक वर्षमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारीको सिर्जना र सरसफाईलाई विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रम र बजेट बिनियोजन गरिएको बताए । उनले बजेटको परिधिभित्र रहेर काम गर्न प्रेरित गर्दै जनताको करको सदुपयोग गर्नु सबैको कर्तब्य भएको उल्लेख गरे ।

    कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरकी उपप्रमुख सुजाता बैद्य, निवर्तमान उपप्रमुख अञ्जनादेवी मधिकर्मी, पूर्व प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, पूर्व उपप्रमुख मुरारीप्रसाद आचार्य, नेपाली कांग्रेस मध्यपुर थिमि नगरसभापति हरिदास प्रजापति लगायतले नगरपालिकाले सदैव जनतालाई केन्द्रविन्दुमा राखेर नीति निर्माण र योजना तर्जुमा गर्नुपर्नेमा जोड दिदै मध्यपुर थिमिका जनप्रतिनिधिले लिएको नीति ततहा कार्यक्रम र त्यसको अधिनमा रहेर तर्जुमा गरेको बजेटले स्थानीय जनताको हीत प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका थिए ।

    चालु आ.व.का लागि मध्यपुर थिमि नगरपालिकाको बजेट १ अर्ब ७८ करोड, १० लाख ५० हजार रुपैंया रहेको छ । जसमध्ये चालु खर्चतर्फ ५९ करोड ५९ लाख ४४ हजार, वडागत योजना कार्यान्वयनका लागि २७ करोड ९ लाख, नगर स्तरीय योजना र सार्वजनिक निर्माण समेतका लागि ५७ करोड ६९ लाख ५६ हजार विनियोजन गरिएको छ ।

    आर्थिक वर्ष २०७९/८० का लागि मध्यपुर थिमि नगरपालिकाको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता स्वास्थ्यलाई दिइएको छ । नगरपालिकाले आफना जेष्ठ नागरिकका लागि निशुल्क बीमाको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै नगरका बिरामीलाई निशुल्क औषधी र रगत पाउने व्यवस्थाका लागि बजेट व्यवस्था गरिएको छ ।

    नगरपालिका अस्पतालको रुपमा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्तर उन्नती गर्दै सीसीयू संचालन गर्ने, ब्लड बैंक, एमआरआइ र मृगौला डायालासिसको समेत सेवा शुरु गर्ने नीति तथा कार्यक्रम रहेको छ । त्यतिमात्र होइन, उक्त अस्पतालको आर्थिक प्रशासनलाई व्यवस्थित बनाउन अन्तिम लेखापरीक्षण महालेखापरीक्षकको कार्यालय बाट गराउने नीति लिइएको छ ।

    नीति तथा कार्यक्रममा दोश्रो प्राथमिकता रोजगारीलाई दिईएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई रोजगारी संग जोड्ने नीति लिईएको छ भने नगरपालिकाले संचालन गर्ने विकास निर्मण कार्यमा मानवीय श्रमलाई प्राथमिकता दिएर रोजगारी सृजना गर्ने बताइएको छ । सोही अनुरुप बजेट व्यवस्था गरिएको छ ।

    स्वरोजगारमूलक तालिम र सहुलियतपूर्ण व्यवसाय कर्जाको व्यवस्था त्यस्तै परम्परागत उद्योगको बिकास गरी रोजगारी सृजनाको नीति लिईएको छ । त्यसैगरी नगरापालिककाकै आर्थिक तथा प्राविधिक सहयोगमा उद्योग संचांह गर्ने र नगरपालिका आफैले बाजार व्यवस्थापन गरी रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी नीति समेत घोषणा गरिएको छ ।

    मध्यपुर नगरपालिकाले तेस्रो महत्व शिक्षालाई दिएको छ । प्राविधिक धारको पढाइलाई अघि बढाइने बताइएको छ । प्राविधिक र ब्यवसायिक उच्च शिक्षालाई प्राथमिकता दिइएको छ। त्यसका लागि बजेट व्यवस्था गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...