News Portal

  • मध्यपुर थिमिको लाय्कु भैल: प्याखँ अवलोकन गर्ने उपराष्ट्रपति पुन पहिलो विशिष्ट व्यक्ति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ साउन २०७९
    ८८९ पटक
    nanda bdr punभक्तपुर, २९ साउन २०७९

    भक्तपुरको सास्कृतिक नगरी मध्यपुर थिमिमा आएर उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक धार्मिक एवं सास्कृतिक लाय्कु भैल: प्याखँ अर्थात लायकू भैरव नाच अवलोकन तथा प्रसाद ग्रहण गरेका छन् । शनिवार राति सवा ९ बजे उनी मथिनपा ४ स्थित बालकुमारी मन्दिरमा आएर लाय्कु भैल: प्याखँ अवलोकन गरेका हुन् ।

    यससंगै उपराष्ट्रपति पुन ऐतिहासिक धार्मिक एवं सास्कृतिक लाय्कु भैल: प्याखँ अवलोकन गर्ने पहिलो विशिष्ठ व्यक्ति भएका छन् । त्यतिमात्र होइन, मध्यपुर थिमि नगरमा औपचारिकरुपले आउने पुन तत्कालीन राजा महेन्द्र पछि दोश्रो विशिष्ठ व्यक्ति समेत बनेका स्थानीयले बताएका छन् । राजधानीसंग जोडिएको नगर भएपनि विशिष्ठ व्यक्तिहरुको नजरमा नपरेको लाय्कु भैल: प्याखँको उपराष्ट्रपति पुनले अवलोकन गरेकोप्रति स्थानीय दङ्ग देखिएका थिए ।

    उपराष्ट्रपति पुनले करिब १ घण्टा मध्यपुर थिमिको वडा नम्बर ४ स्थित बालकुमारी मन्दिर प्रांगणमा रही भैरव नाच अभिरुचिपूर्वक अवलोकन गरेका थिए । आयोजकले स्टेजको व्यवस्था गरेको भएतापनि त्यहाँबाट हेरेर चित्त नबुझेपछि आम मानिस जस्तै उनले तलै ओर्लेर दर्शकसंगै बसी देवीदेउताको नाच अवलोकन गरे । लाय्कु भैल: प्याखँप्रति स्थानीयको श्रद्धा देखेर आनन्दित उपराष्ट्रपति पुनले प्याखँ इतिहासले दिएको सम्पत्ति भएकाले जोगाइराख्नपर्नेमा जोड दिएका नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताए ।

    उपराष्ट्रपति पुन मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा लाय्कु भैल: प्याखँ अवलोकनका लागि मध्यपुर थिमिमा आएका थिए । उनलाई मध्यपुर थिमिका मेयर सुरेद्र श्रेष्ठ र उपमेयर विजय कृष्ण श्रेष्ठ लगायतले स्वागत गर्नुका साथै प्याखँबारे थप जानकारी गराएका थिए । उपराष्ट्रपति पुनलाई गुरु अर्जुन श्रेष्ठले टिकाप्रसाद र भैरवनाथको मुकुण्डो तथा निरन्जन श्रेष्ठले फूलमाला प्रसाद प्रदान गरेका थिए ।

    लायकू दरबारबाट निस्किएर लाय्कु भैल: प्याखँ अर्थात लायकू भैरव नाच बालकुमारी मन्दिर प्राङ्गण लगायत विभिन्न टोलमा ४ दिनसम्म प्रत्येक साँझदेखि राती अबेरसम्म सञ्चालन हुने गर्दछ ।

    भैलः प्याखँमा पाँच जना देवीदेवताले नाच प्रस्तुत गर्ने भए पनि वाद्यवादन, सहयोगी र व्यवस्थापक गरी ठुलो समूह खटिएको थियो । मध्यपुर थिमिको ऐतिहासिक लाय्कु भैल: प्याखँको बिकास, प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा उपराष्ट्रपति पुनको आगमन महत्वपूर्ण भएको नगरपालिकाको भनाइ रहेको छ ।

    उक्त अवसरमा बागमती प्रदेशका मन्त्री शालिकराम जमरकट्टेळ, सांसदद्वय प्रतिमा श्रेष्ठ र डा राजेन्द्रमान श्रेष्ठ त्यसैगरी भक्तपुर सिडिओ रुद्रादेवी शर्मा लगायत सुरक्षा निकायका प्रमुखहरु, नेकपा (माओवादी केन्द्र) पोलिटब्युरो सदस्य दिलिप प्रजापति, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मेयर मदनकृष्ण श्रेष्ठ लगायतका नेताहरु समेत उपराष्ट्रपति पुन संगै लाय्कु भैल: प्याखँ अवलोकनमा सहभागी भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...