News Portal

  • नागरिकता विधेयक पास भए नेपालमा लेन्डुप दोर्जेहरुको जन्म हुन्छः प्रेम सुवाल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२ भदौ २०७९
    ५६१ पटक
    भक्तपुर,२ भदौ २०७९

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती काम हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले नेपालमा पनि लेन्डुप दोर्जेहरुको जन्म हुने बताए ।

    सांसद सुवालले लेन्डुप दोर्जेको विरोध नगर्नेहरु संसारको कुनै कुनामा नहोलान् भन्दै नेपालीले पनि लेन्डुप दोर्जे देशघाती भनेर धेरै विरोध गरेको बताए । नागरिकता विधेयक पास गरेर फिर्ता आएको र फेरि पास गरेमा एक दुईवटा निर्वाचनपछि सांसदहरु नेपाली लेण्डुप दोर्जे बन्ने उल्लेख गरे ।

    उनले सच्चा नेपालीले नागरिकता पाउनुपर्ने बताउँदै कुनैपनि निहुँमा विदेशीलाई नागरिकता दिनु  घात हुने उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...