बैंकमाथि जति पनि विश्वास थियो अहिले त्यो गुमिसकेको छ । बैंकले कर्जा लगानी गरेका क्षेत्रहरु पनि धरासायी बनिसकेको छ । आफ्नो बचत डुब्ने डरले रातारात रकम निकालेको बुझिन्छ । यता, बैंकका सिईयोले बचतकर्तालाई ९ को साटो १५ प्रतिशत ब्याज दिन्छु भनेर फकाँउदा पनि कोही प्रलोभनमा परेनन् । साँवा नै डुब्ने जोखिम बढेपछि ब्याजको लोभ लाग्ने कुरै रहेन् ।
बैंकहरु टाँट पल्टिसकेको विषय लुकाएर लुक्दैन् । बैंक धरासायीको अवस्था छ भन्ने पत्तो पाएका जनताले रातारात बचत रकम निकालेका छन् । यतिखेर नयाँ खाता खोल्ने शुन्यझै छ । डिपोजिट गर्ने पनि ठप्प भइसकेको छ । बरु, भएको खाता बन्द गर्ने र पैसा झिक्नेको लामो लाइन छ । केही दिनअघि मात्र बैंकहरुले यो वर्षमा कमाएको नाफा सार्वजनिक गरेका थिए ।
तर, नाफाको पछाडि जनता दौडिएनन् । न विश्वास नै गरेका छन् । बचतकर्तालाई उल्लु बनाउनका लागि यो उपाय अप्नाएको भनेर अहिले चर्चा चुलिएको छ । बैंकमा भएको पैसा रोक्ने र बाहिरको तान्ने भनेर यो बाटो रोजेको बुझिन्छ । बैंकमा पैसा नभएर कर्जा बन्द गरेको पनि लामो समय बितिसकेको छ । फेरि कमाउने बाटो पनि कर्जा लगानी हो । जति बढी कर्जा लगानी गर्यो, उति नै नाफा हुने त हो ।
सेवाशुल्क, घुस पनि कर्जा लगानी गर्दा आँउछ । बैंकमा कर्जा माग्न गयो भने पैसा छैन् भनेर खाली हात फिर्ता पठाँउछ । यता, यति नाफा भयो भनेर सार्वजनिक गर्छ । अनि जनताले कसरी पत्याउने ? बैंकका फट्याहा र झुठा आनीबानी त यहीबाट स्पष्ट भइसकेको छ । अब केही दिनमा बैंकमा झनै भीड हुने निश्चित छ । बैंक डुबिसक्यो भनेर सबैले भेउ पाइसकेका छन् ।
जति ढाकछोप गर्न खोजेपनि बाहिर आइसकेको छ । गोप्य राख्न खोजेका बैंकको अवस्था छ्याप्छयाप्ती बाहिर आइसकेको छ । बैंक डुब्ने अवस्थामा आइपुग्दा सिईयोले भटाभट राजनीमामा दिन चाहेका छन् । यता, कतिपय कर्मचारीले महिनोंदेखि तलब नपाएको पनि सुन्नमा आएको छ । बैंक बसेको घरको पनि भाडा रोकिएको छ । घरभाडा पाउन नसकेको घरधनीहरु पिरोलिएका छन् ।
यत्रो रकम बैंकबाट बाहिर गइसकेको देख्दा पनि सम्बन्धित निकाय मौन छ । यसरी धमाधम पैसा निकालेर घरमा राख्दा आर्थिक संकट निम्तिने प्रष्ट हुन्छ । बजारमा पैसाको झनै हाहाकार हुने देखिन्छ । तर, यसविषयमा न अर्थ मन्त्रालयले केही भनेको छ न नेपाल राष्ट्र बैंकले । सबैतिर सन्नाटा छाएको छ । चियागफ, सार्वजनिक स्थलमा पनि बैंककै विषयमा हल्लाखल्ला छ ।
बैंकमा भएको आफ्नो बचत निकालेर घरमै राख्ने भनेर गफगाफ चलिरहेको हुन्छ । बिहान बैंकको ढोका खोल्न पाएको हुदैंन, पैसा निकाल्नेको भीड जम्मा भइसकेको हुन्छ । त्यस्तै, सहकारी महासंघले पनि सहकारीहरुलाई देशमा आर्थिक संकट आउन सक्ने भनेर पहिल्यै नै सुसूचित गराइसकेको छ । बजारमा तरलता बढ्ने उल्लेख गर्दै कर्जा दिन महासंघले रोक लगाएको छ ।
पाँच प्रतिशतभन्दा बढी पैसा नदिन र कोटा प्रणाली लागू गर्न निर्देशन दिइएको छ । डिपोजिटवालालाई फिर्ता गर्ने पैसा नभएकाले यो निर्णय गरिएको हो । महासंघको भनाइले सहकारीको अवस्था नाजुक भएको प्रष्ट बुझिएको छ । उनीहरुको यो कुरा जनताले बुझ्नुपर्छ । बजारबाट पैसाचाहि उठाइरहने अनि कोटा प्रणाली लागू गर्ने । यो त जनता फसाउने काम भएन् र ?
मुलुकमा ३० हजारमाथि सहकारी सञ्चालनमा छन् । ती सहकारीमा करोडौंले बचत गरेका छन् । सहकारीमा खर्बौं रुपैंया बचत गरिएको छ । तर, अब यो डुब्ने देखिएको छ । सहकारी डुब्यो भने लाखौं सर्वसाधारणको घरबार सिद्धिन्छ । सडकको बास काट्नुपर्छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको यसतर्फ ध्यान गएको छैन् । यत्रो जनताको रकम कसरी जोगाउने भनेर उनले चासो दिएकी छैनन् ।
सहकारीमा एकदमै जलि समस्या आइसकेको छ । तापनि सरकारले बेवास्ता गरिरहेको छ जुन भोलिका दिनमा थप ठूलो समस्या बन्न सक्छ । सहकारीहरु धमाधम भागिरहेका छन् तर मन्त्री श्रेष्ठ सहकारीकै कार्यक्रममा पुगेर दीप प्रज्वलन गरिरहेकी छिन् । सहकारीमा यत्रो समस्या छ, जनताको पैसा डुब्ने अवस्थामा आइपुगेको जानकारी हुँदाहुदै पनि मन्त्री श्रेष्ठ बुझ पचाएर कार्यक्रममा पुगेकी हुन् ।
सहकारीमा दिनैपिच्छे बचत रकम निकाल्न जाँदा खाली हात फर्किनुपर्ने बाध्यता छ । जनता हरुको रातको निद्रा र दिनको भोक हराइसकेको छ । आफ्नो पैसा डुब्ने तनावमा छन् । तर, मन्त्रीलाई चाहि कार्यक्रम उद्घाटन गर्दै ठिक छ । सहकारीले यसरी दुःख दिदाँ पनि मन्त्रीलाई कुनै मतलब छैन् । न जनता ठग्ने सहकारीलाई कारबाही गर्न सकेकी छिन् । अझै त्यही ठग सहकारीको कार्यक्रममा पुगेर बोल्न उनलाई लाज लाग्नुपर्ने हो ।
पछिल्लो समय सहकारीका ठगीधन्दाले सञ्चारमाध्यम भरिएका छन् । सहकारीमा भएको बेतिथि भकाभक सार्वजनिक भइरहेको छ । तापनि सहकारी विभाग कानमा तेल हालेर बसेको छ । वडा र नगरपालिकाले पनि सहकारी अनुगमन गरेको छैन् । जनताको पैसा बोकेर कुलेलम ठोक्ने सहकारीलाई कारबाही गर्न पनि स्थानीय सरकार चुकेको छ । धेरैको घरमा रुवावासी चलेको छ ।
यसबाट अरुले पनि पाठ सिकौं । आफ्नो पैसा जसरी हुन्छ धमाधम निकाल्नुपर्छ । आफू पनि डुब्ने हो कि भनेर पहिले नै सोचविचार गर्न जरुरी देखिएको छ । सहकारीहरु कुन दिन र कतिखेर भएका बसेका छन् । मौका मिल्नेबित्तिकै उनीहरु भागिहाल्छन् । सहकारीहरुले अझै पनि बजार प्रतिनिधि पैसा उठाउन खटाइरहेका छन् । तर, पहिलेजस्तो पैसा राख्नेको लर्को छैन् ।
फाट्टफुट्टले मात्रै बचत गर्दै आएका छन् । पछिल्लो समय सहकारीका अध्यक्ष र चेयरम्यान लुकीछिपी हिँडेका छन् । रकम फिर्ता गर्न नसकेपनि उनीहरुले अनुहार पनि देखाएका छैनन् । सहकारीमा कर्मचारी मात्र छन्, सम्बन्धित व्यक्तिको अत्तोपत्तो छैन् । ती कर्मचारी पनि तलबविहिन छन् । हिजो आँखा चिम्लेर पैसा राख्दा आज थुकथुकी लागेको भन्न थालिएको छ ।
वषौंभरि खाइनखाई राखेको पैसा जोखिममा पर्दा जनताहरु पिरोलिरहेका छन् । यता, जनताले त सहकारीका सम्बन्धित व्यक्तिलाई चिन्दैनन् । साधारण सभामा जाने, खाममा पैसा बुझ्ने र खाजा खाएर हिँड्ने काम मात्र भो । आफूले पैसा राखेको सहकारी कति विश्वासयोग्य छ ? सम्बन्धित व्यक्ति कतिको जिम्मेवार छन् ? कसैले पनि यो हेरेनन् । जनताले आफ्नो खुट्टामा आफैंले बञ्चरो हानेका हुन् ।
बाठाटाठा सहकारीमा पुगेर पैसा निकाल्ने अघि बढेका छन् । अलिक सीधासाधीहरु अझै पनि चैनका साथ बसेका छन् । जनताहरुले सहकारीमा लगेर पैसा राख्नुहुदैन् । जब सहकारी भाग्छ त्यतिखेर मात्र जनताले भेउ पाँउछन् । सहकारीले यो कुरा लुकाउन खोजिरहेका छन् । यता, वित्तिय संस्थाले कर्जा उठाउन सकेको छैन् ।
ऋणीले धितो लिलाम गर भनेर हात उठाइसकेका छन् । धितो राखेर लिएको कर्जा उठ्दैन् उता धितो बिक्री हुदैन् । किन्ने कोही छैन् । सेयर, गाडी र घरजग्गामा वित्तिय संस्थाको धेरै लगानी छ । तर, यस क्षेत्रमा यतिखेर पुरै मन्दी छाएको छ । त्यसैले पनि जनताले धमाधम पैसा निकाल्न थालेका हुन् । धितोले कर्जा उठाउन नसक्ने अवस्था आइपर्यो । यी क्षेत्रमा लगानी भएका दलालीहरु यतिखेर भागाभाग भइसकेका छन् ।
कर्जा तिर्न नसकेर रुन न हाँस्नुको अवस्थामा उनीहरु छन् । घरजग्गा र सेयर बेचने यत्तिकै छन्, किन्ने कोही छैनन् । जुन क्षेत्रमा पनि बजार मूल्यले धेरै प्रभाव पार्छ । बजारमा मन्दी छाँउदा वित्तिय संस्थालाई साह्रो मर्का पर्यो । वित्तिय संस्थाकै कारणले हिजो कतिपय भागेका थिए भने अब यिनीहरु नै भाग्नपर्ने अवस्था आएको छ । बैंकफाइनेन्समा पैसा निकाल्न रातिदेखि लाइन लाग्छन्, अनि पैसा तिर्न नसकेपछि भाग्नुबाहेकको उपाय रहदैन् । वित्तिय संस्थामा राखेको पैसा जोखममा परिसकेको छ ।