News Portal

  • बाल यौन दुरुपयोग अपराधमा अदालतको फैसलापछि फरार शिक्षक कोजु कारागार चलान

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ६ भदौ २०७९
    ३२०६ पटक
    भक्तपुर, ६ भदौ २०७९

    बाल यौन दुरुपयोग अपराधमा अदालतले सजाय हुने फैसला गरेपछि फरार हरिकृष्ण कोजु पक्राउ परेका छन । उनलाई प्रहरीले पक्राउ गरी सोमबार जिल्ला अदालतमा पेश गरेको हो ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ का ५१ बर्षिय कोजुलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले गुण्डुबाट सोमबार नियन्त्रणमा लिएको बताइएको छ । सोमबार नै जिल्ला अदालतले कोजुलाई फैसला कार्वान्वयनका लागि जगन्ननाथ देवल कारागार चलान गरिदिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डिएसपी राजु पाण्डेले जानकारी दिए ।

    पक्राउ पर्ने हरिकृष्ण कोजु शिक्षक हुन् । उनीमाथि गुण्डुस्थित आफ्नै घरमा बोलाएर आफैले अध्यापन गराउने १३ बर्षकी बालिकालाई यौन दुराचार गरेको अभियोगमा मुद्दा दायर भएको थियो । भक्तपुर जिल्ला अदालतले बालयौन दुरुपयोग अपराधमा उनलाई ५ हजार जरिवाना र ३ महिना कैद फैसला गरेपनि उनी फरार भएका कारण फैसला कार्यान्वयन भएको थिएन ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...