News Portal

  • चुनदेवी खाद्य स्टोरमा रहेको करिब ९ लाख ४४ हजार मूल्यका अखाद्य खानेकुरा नष्ट, ३ लाख जरिवाना

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ भदौ २०७९
    १८९० पटक
    भक्तपुर, ११ भदौ २०७९

    जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले भनपा-१ चुनदेवीस्थित चुनदेवी खाद्य स्टोरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ता हित प्रतिकुल कार्य गरेको प्रमाणित भएपछि सहायक सिडिओ माधवप्रसाद शर्माको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले उक्त जरिवाना गरेको हो ।

    उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उक्त जरिवाना गरिएको सहायक सिडिओ शर्माले बताएका छन् । शुक्रवार चुनदेवी खाद्य स्टोर्सको अनुगमन गर्न पुगेको  बजार अनुगमन टोलीले  १ सय १९ क्वीन्टल चामल, ९ क्वीन्टल दाल,६ सय ३४ लिटर खानेतेल समेत नष्ट गरेको छ । म्याद गुज्रेका अखाद्य चामल, दाल र खानेतेल पाइएपछि नष्ट गरिएको सहायक सिडिओ शर्माले जनाएका हुन् । उनले जानकारी गराए अनुसार उक्त स्टोरबाट ९ लाख ४४ हजार रुपैयाँ भन्दा बढी मूल्यका अखाद्य बस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।                                 

    बजार अनुगमन टोलीले उक्त स्टोरका ६ वटा गोदाम समेत सील गरिदिएको छ । अखाद्य बस्तु नबेच्न चेतावनी दिदै भण्डार र प्याकेजिङमा गल्ती नदोहोर्‍याउन आवश्यक  निर्देशन समेत दिइएको छ । अनुगमनमा भक्तपुर नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल प्रहरी, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग संघ, पत्रकार महासंघ, राष्ट्रिय उपभोक्ता मञ्च लगायत सरोकार वालाहरुको सहभागिता रहेको थियो ।

    उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्दै नाफामुखी मात्र ब्यापार गर्ने ब्यापारीलाई कार्वाही गर्न कुनै कसर बाकी नराख्ने भक्तपुर सिडिओ रुद्रादेवी शर्माले बताएकी छन् । लापरवाही, कालो बजारी, मूल्यवृद्धि विरुद्ध निरन्तर बजार अनुगमन र कार्वाही अघि बढाउदै उपभोक्ता हित प्रवर्द्धन गरिने सिडिओ शर्माले प्रष्ट पारेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...